×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको लगानी बालुवामा पानी, उत्पादन गर्न भनेर लगेको सरकारी पैसा गोजीमा

कात्तिक १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ कालागि अर्गानिक मल र जैविक विषादी उत्पादनका लागि बराहताल ८ भुल्केपानीमा रहेको हातेमालो कृषि तथा सहकारी संस्थालाई ४० लाख रुपैंया दिने गरी सम्झौता गर्‍यो ।

Muktinath Bank

कुनैपनि संरचना निर्माण नभएको उक्त सहकारीमा आवद्ध रहेका केहि व्यक्तिले निजी उद्योग खोल्ने भन्दै मन्त्रालयबाट २० लाख रुपैंया असार मसान्तमा भुक्तानी लिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले त्यहाँ संरचना निर्माण भएको छ तर मन्त्रालयले भनेजस्तै न विषादी उत्पादन भएको छ न त पशु चौपाया नै राखिएको छ न अर्गानिक मल उत्पादन भएको छ बस केहि थान भवनहरु बनाइएका छन् अनी केही गाईपालनका लागि संरचना निर्माण गरिएको छ ।


Advertisment
Nabil box
Kumari

४० लाखमा सम्झौता मन्त्रालयले गरे पनि सहकारीका अन्य सदस्यलाई यसबारेमा कुनै पनि जानकारी नै छैन । सहकारी मन्त्रालयको २० लाख रुपैंयामा पाँच जनाले रकम थप गरेर उद्योग खोल्ने तयारी गरेका छन् । जसका नेतृत्व ताराकेशर गौतमले गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

उक्त कम्पनीको नाम बराहताल अर्गानिक जैविक मल तथा विषादी उत्पादन उद्योग रहेको छ । यसबाट सहकारी सदस्यहरुले केहि पनि लाभ पाउने छैनन । यो वर्षको पुस मसान्तसम्म उक्त कम्पनीले मन्त्रालयबाट २० लाख लिने सम्झौता भएको छ भने भने बराहताल गाउँपालिकाले पनि उक्त कम्पनीमा ५० लाख रुपैंया लगानी गर्ने सम्झौता गरिसकेको छ ।

वीरेन्द्रनगर वडा नं. ११ मा रहेको केपी व्यवसायीक सेवा प्रालिलाई मन्त्रालयले २० लाख रुपैंया भुक्तानी दिइसकेको छ । बायोग्याँससहित सुर्खेतका छाडा पशुचौपाया पाल्ने तथा अन्य गाईसमेत राख्ने गरी उक्त कम्पनीसँग मन्त्रालयले सहमति गर्‍यो । गत असार मसान्तमै उक्त प्रालिले उक्त रकम लगिसकेको छ तर अहिलेसम्म काम पुरा भएको छैन । न अहिले त्यहाँ कम्पोष्ट मल उत्पादन भएको छ न त छाडा चौपाया नै पाल्न सुरु भएको छ ।

पञ्चपुरी नगरपालिका वडा नं. ६ भावरमा हाइटेक नर्सरी बनाउन भनेर ६६ लाख ९० हजार रुपैंया हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडलाई दियो । अहिलेसम्म जम्मा तीनवटा टनेल बनेको छ भने टनेलभित्र केही पनि उब्जाउ गरिएको छैन ।

हाइटेक नर्सरी बनाउने भनेर पैसा दिइएपनि त्यहाँ न त हाइटेक नर्सरी बनाइयो न त बनाइएको टनेलमा कुनै उत्पादन नै गरियो । अनुदानका नाउँमा कार्यकर्ता पाल्ने काम मात्रै भएको स्थानीयको आरोप छ ।

यी कर्णाली प्रदेशको राजधानीमा भएका केही प्रमाण मात्रै हुन । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा विनियोजन गरेको बजेटले उत्पादन भन्दा पनि भौतिक संरचना निर्माणमा मात्रै खर्च गरेको भन्दै सामाजिक विकास समितिले अनुगमन गरिरहँदा यस्तो तथ्य फेला पारेको हो । 

कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले अधिकांश स्थानमा मन्त्रालयले बाँडेको बजेटको भुक्तानी एकातिर र उत्पादन अर्कोतिर भएको आफूहरुले पाएको बताइन । ‘मन्त्रालयले हामीलाई दिएको तथ्यांकअनुसार उत्पादन भएको हामीले अनुमान गरेका थियौं,’ अध्यक्ष नेपालीले भनिन्, ‘तर अनुगमनमा जाँदा अधिकांश योजनाका संरचना निर्माण गरिरहेको त्यो पनि अपुरो रहेको हामीले पाएका छौं ।’

उनले सरकारलाई यसबारेमा समितिले अनुगमन गरिसकेपछि आवश्यक सल्लाह र सुझाव दिने जानकारी दिइन । ‘यसरी हेर्दा सरकारको लगानी बालुवामा पानी भएसरह छ,’ उनले भनिन्, ‘सरकारी लगानीले उत्पादन नै गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कुनै पनि संरचना नभएको अवस्थामा अनुदान दिनु त्यति राम्रो नभएको हाम्रो अनुगमनले देखाएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x