युएईको चार गोल खायो नेपालले

फाइल फोटो
कात्तिक २०, २०७६

काठमाडौँ –अन्डर १९ च्याम्पियनसीप अन्तर्गत युएईसँगको खेलमा नेपाल ४-० गोलको फराकिलो अन्तरमा पराजित भएको छ ।

इरानको तेहरानमा भएको एएफसी यु–१९ च्याम्पियनसिप २०२० छनोटको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको हो ।


ADVERTISEMENT

युएईले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो भने २७ औं मिनेटमा नेपालले आत्मघाती गोल गरेको थियो । नेपालले ७१ औं मिनेटमा थप अर्को गोल खायो ।

निर्धारित समयमा तीन गोलको अग्रता लिएको युएईका लागि इन्जुरी समयमा अब्दुल्ला हमादले चौथो गोल गर्दै युएईको जित सुनिश्चित गरे ।

नेपालले अर्को खेल घरेलु टोली इरानसँग खेल्नेछ ।

 

कात्तिक २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस