×

NMB BANK
NIC ASIA

महिलाले अटोरिक्सा चलाउँदै सुर्खेतमा, स्वरोजगार कार्यक्रममा वीरेन्द्रनगरले एक करोड खर्चने

कात्तिक २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेशको सबैभन्दा बढि विकसित नगरपालिकाले अवलम्बन गरेको महिला स्वरोजगार कार्यक्रम प्रभावकारी देखिएको छ ।

Muktinath Bank

आर्थिक वर्ष २०७६/०७७ मा महिला स्वरोजगार कार्यक्रमका लागिनगरपालिकाले एक करोड रुपैंया विनियोजन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्षमा केही रकम विनियोजन गरेको नगरपालिकाले कार्यक्रम प्रभावकारी देखेपछि उत्साहित हुँदै यो वर्ष एक करोड रुपैंया खर्चेर कम्तिमा एक सय जना महिलालाई उत्पादनमूलक क्षेत्रमा लगाउने तथा उनीहरूलाई आत्मनिर्भर बनाउने गरी अघि बढेको छ ।


Advertisment
Nabil box
Kumari

वीरेन्द्रनगर वडा नं. १२ की टीका बिकले तीन महिने ढाका बुनाई तालिम लिइन् । नगरपालिकाको आर्थिक सहयोगमा तालिम लिएकी उनले ढाकाबाटै जीवन समृद्धिको सपना देखेको बताएकी छन् ।

Vianet communication
Laxmi Bank

‘विगतमा हामी घरमा खाली समय बिताएर बस्ने गरेका थियौं, पर्याप्त जमिन नहुँदा खेती किसानी पनी गर्न सकिने अवस्था थिएन,’ उनले भनिन्, ‘अब हातमा सीप त भयो तर कसरी गुजारा गर्ने र आत्मनिर्भर हुने भरोसा भएपनि कता-कता सीप खेर जाने हो की भन्ने चिन्ता भने लागेकै छ ।’

उनले नगरपालिकाप्रति आफ्नो भरोसा रहेको बताउँदै आगामी दिनमा पनि पर्याप्त आर्थिक, भौतिक र नैतिक साथ, सहयोग र सर्मथन पाउने अपेक्षा व्यक्ति गरिन् ।

१७ जनाले चनौटेमा उक्त तालिम लिएका हुन । ‘तालिमले आफैंप्रति भरोसा गर्न उत्साह थपेको छ,’ नेवारेकी पवित्रा सुनारले भनिन्, ‘बजारको व्यवस्थापन नगरपालिकाले गरिदिएको खण्डमा आत्मनिर्भर बन्न सक्ने मैले देखेकी छु ।’

ढाका बुनाई तालिम लिएपछि उनी लगायत त्यहाँ तालिम लिइरहेका १७ जना महिला प्रफुल्ल देखिए । उनीहरूमा केही गर्ने तीव्र मनोकांक्षा अनुहारमा प्रष्ट देख्न सकिन्थ्यो ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ की सृजना गुरुङ वीरेन्द्रनगरमा अटोरिक्सा चलाउन थालेकी छिन् । बिहान ५ बजे घरबाट निस्कने, ८ बजेट घर आएर खाना पकाउने र छोराछोरीलाई स्कुल छोडेर फेरि अटो रिक्सा चलाउन बजार पुग्ने उनको दैनिकी बनेको छ ।

‘मेरो श्रीमान सधैं आर्थिक अभावका कारण ज्याला मजदुरी गर्न भारत जानु हुन्थ्यो,’ उनले भनिन्, ‘अब उहाँको भारत जाने बाध्यता हटछ कि भन्ने आशा जागेको छ ।’

यसअघि श्रीमानले मात्रै कमाएको रुपैंयाले घर खर्च धान्न गाह्रो थियो । वीरेन्द्रनगर नगरपालिकाले दिएको अटोरिक्सा चलाउने तालिममा सहभागी भएपछि उनले एक महिनामै चलाउन सिकिन् । अहिले दिनमा तेल हालेर एक हजारसम्म बचत हुने गरेको उनको भनाइ छ ।

वीरेन्द्रनगर ७ की मौसमी शाहीले पनि नगरपालिकाको सहयोगमा वीरेन्द्रनगरमा अटोरिक्सा चलाउन थालेकी छिन् । ‘अटोरिक्साबाट सुरुवातीका दिनमा राम्रो कमाई भइरहेको छ,’ उनले भनिन्, ‘अहिले चाडपर्वको सिजन भएकाले दिनमा २५ सयसम्म कमाइ भएको छ । अब त केही गर्छु भन्ने आत्मविश्वास बढेको छ ।’

तालिमको प्रकृति हेरेर अनुदान, सहुलियत ऋण र मासिक पारिश्रमिक पनि नगरपालिकाले उपलब्ध गराएको छ । नगरपालिकाले अटोरिक्सा चलाउने ३० जना महिलालाई जनही एक लाख अनुदान, एक लाख सहुलियत ऋण दिएको छ भने व्यवसायीसँगको सहकार्यमा उनीहरुले नै बाँकी किस्ता तिर्ने गरी नगरले नै अटोरिक्सा खरिद गरिदिएको छ ।

ढाका बुनाइ तथा अन्य तालिम लिइरहेकाहरूका हकमा नगरपालिकाले तालिम अवधिभर घर खर्च चलाउन सहज होस भनेर प्रतिमहिला ६ हजार का दरले चिया नास्ताबाहेक पारिश्रमिक पनि दिइरहेको छ । ढाका उद्योग नै सञ्चालन गर्ने र त्यसमा कम्तिमा १ सय जना महिलालाई एकै स्थानमा राख्ने गरी नगरपालिकाले भवन बनाउने तयारी गरेको छ ।

एक घर एक महिला स्वरोजगार

वीरेन्द्रनगरको समृद्धि र विकास भन्ने मूल नाराका साथ महिलाहरूलाई आत्मनिर्भर बनाउने गरी नगरपालिका अघि बढेको छ । नगरपालिकाकाले ढाकाको कपडा बुन्न र सिलाइकटाइ तालिम पनि दिइरहेको छ । वीरेन्द्रनगर १५ र १६ मा २६ जना महिलालाई सिलाइकटाइ तालिम दिइसकिएको र अब उनीहरूलाई मेशिन वितरण गरिएको छ । 

६० जना महिलाले ढाकाको कपडा बुनाइ तालिम लिएका छन । चालू आर्थिक वर्षमा थप ४० जना महिलालाई ढाका बुनाइ तालिम दिने नगरपालिकाले लक्ष्य लिएको छ । नगरपालिकाले एउटा ट्रष्ट खोलेर सीप सिकेका महिलालाई कपडा उत्पादनमा लगाउने र बजारीकरण पनि आफैंले गरिदिने तयारी गरेको छ ।

वीरेन्दनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले तालिममा सहभागी सबैलाई हिम्मत नहार्न ढाडस दिएकी छन् । ‘तपाईले सिकेका कुराहरुलाई निरन्तरता दिनुहोस, व्यवहारमा प्रयोग गर्नुहोस र तपाईलाइ के सहयोग आवश्यक पर्छ हामी गर्न तयार छौं,’ उनले भनिन्, ‘तपाईहरुका लागि हामीले वडा नं. ८ मा एकीकृत ढाका बुनाइ गर्नको लागि हामीले भवनको निर्माण गर्दैछौं । सीपलाई निरन्तरता दिनुहोस हामी तपाईकै साथमा छौं ।’

उनले हालसम्म ६० जना महिलाले ढाका बुनाइ तालिम लिइसकेको बताउँदै थप ४० जनालाई पनि ढाका बुनाइको तालिम दिइने बताइन् ।

उपप्रमुख ढकालले एक घर एक महिला स्वरोजगार,  वीरेन्द्रनगर नगरपालिकाको समृद्धिको आधार भन्ने मूल नाराका साथ नगरपालिकाले महिलाको क्षमता अभिवृद्धिका लागि एक करोड रुपैंया विनियोजित गरिएको बतान् ।

‘तीस जना महिलालाई अटो रिक्सा ड्राइभिङ तालिम र रु एक लाख प्रतिमहिला अनुदान दिइएको छ,’ उनले भनिन्, ‘धेरै महिलालाई हामीले सिलाइकटाइ, न्यानो झोला बुनाइ, ब्युटिसियनलगायतका तालिम दिएका छौं । उत्पादनमूखी सीपको विकास गर्न हामीले खोजिरहेका छौं । हाम्रो सपना भनेकै समृद्ध नगर हो । यहाँहरूले लगनशील भएर काम गर्न सकेको खण्डमा नगरको सपना पुरा हुने हाम्रो अपेक्षा छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x