सुनिल गिरीको कौरा गीत 'जाम क्यारे माया' सार्वजनिक [भिडियोसहित]

कात्तिक २२, २०७६

काठमाडौं-लोकपप गायक सुनिल गिरीले कौरा गीत 'जाम क्यारे माया' सार्वजनिक गरेका छन् । 

शुक्रवार गिरीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा मेलिना राईको पनि स्वर रहेको छ । 


ADVERTISEMENT

गीतको शब्द तथा संकलन पनि गिरी स्वयंले नै गरेका हुन् । 

गीतको भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङको मुख्य अभिनय रहेको छ । 

मनाङ गुरुङले कोरियोग्राफी गरेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन् ।

यस कौरा गीतमा मादल तथा खैंजडी खडक दाइको रहेको छ ।  

श्यामश्वेत रसाइलीले एरेन्ज गरेको गीतलाई प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको हो । 

भिडियो हेर्नुहोस् : 

कात्तिक २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस