एनआइसी एशिया बैंकको काउण्टर उच्च अदालत पाटनमा

कात्तिक २२, २०७६

ललितपुर –एनआइसी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर उच्च अदालत पाटन परिसरमा औपचारिक उद्घाटन भएको छ ।

उक्त विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश माननीय नहकुल सुवेदीले शुक्रवार एक समारोहका बीच समुद्घाटन गरेका हुन् ।  


ADVERTISEMENT

समारोहमा प्रमुख अतिथि माननीय श्री नहकुल सुवेदीज्यूले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे । 

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए । समुद्घाटन समारोहमा उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहाललगायतले आफ्नो मन्तव्य राखेका थिए ।
 

कात्तिक २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार