रूप ज्योति र सुरुचिलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

कात्तिक २२, २०७६

काठमाडौं – हाउजिङका नाममा २ करोड ७० लाख रूपैयाँ ठगी गरेको आरोप लागेका पूर्व अर्थ सहायक मन्त्री एवं व्यापारी रूप ज्योति र उनकी छोरी सुरुचि ज्योतिलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले रूप ज्योति र उनकी छोरी सुरुचिलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । रूप ज्योति बिहीवार र सुरुचि शुक्रवार पक्राउ परेका थिए ।


ADVERTISEMENT

प्रहरीले ५ दिनको म्याद माग्दै दुवै बाबुछोरीलाई अदालतमा पेश गरेको थियो ।

आरोपका सम्बन्धमा अनुसन्धानका लागि रूप ज्योतिलाई पक्राउ गर्न सर्वोच्च अदालतले सोमवार बाटो खोलिदिएको थियो ।

ठगी मुद्दामा निजलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूप ज्योतिकातर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।

कात्तिक २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस