×

NMB BANK
NIC ASIA

कारोबारमा अपराध

पौने ३ करोडको दाउ : यस्तो छ रुप ज्योतिको ठगी कहानी !

लोकान्तरमा प्रकाशित सबै समाचार लिंकसहित

कात्तिक २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बिहीवार अमेरिकाबाट नेपाल आउँदै गर्दा पूर्व अर्थ सहायक मन्त्री तथा व्यापारी रुप ज्योति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे ।

Muktinath Bank

शुक्रवार रुप ज्योतिकी छोरी सुरुचि ज्योतिलाई पनि प्रहरीले पक्राउ गर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किन पक्राउ परे रुप ज्योति ?


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०७१ सालमा ल्यान्डमार्क लेभलपर्स प्रालि नामको कम्पनीले बाँसबारीमा हाउजिङको लागि बुकिङ खुला गर्‍यो । बुकिङ खुला गरेपछि काठमाडौं महानगरपालिका–४ बालुवाटारका विज्ञेन्द्रकृष्ण मल्ल पनि हाउजिङको घरमा बस्ने योजना बनाएर ल्याण्डमार्कको हाउजिङको घर बुकिङ गर्न १० लाख रुपैयाँ बोकेर गए । 

Vianet communication
Laxmi Bank

उनीहरूले छुट्याएको जग्गामध्येको प्लट नम्बर १९ को क्षेत्रफल ०–६–३–२–२.१६ कित्ताको जग्गामा २ करोड १४ लाख १९ हजार ७ सय ५० रुपैयाँ तोकेको जग्गालाई कम्पनीले राखेको अग्रिम रकम १० लाख रुपैयाँ २०७१ जेठ २ गते शम्भुप्रसाद फुयाँललाई बुझाए । फुयाँल हाउजिङका घर बनाउने जिम्मा लिएको सीई कन्सट्रक्सनका अख्तियार प्राप्त व्यक्ति हुन् ।

सीई कन्स्ट्रक्सन र ल्यान्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने सम्झौता दुवै कम्पनीबीच भएको थियो ।

त्यसपछि फेरि ल्याण्डमार्कबाट जिम्मा पाएको सीई कन्सट्रक्सनलाई विज्ञेन्द्रले अन्तिम किस्ताको रुपमा २०७१ भदौ १७ गते १ करोड २६ लाख ७५ हजार गरी कुल १ करोड ३६ लाख ७५ हजार रुपैयाँ बुझाए ।

सीई कन्सट्रक्सनले विज्ञेन्द्रलाई किस्ता लिएको २ वर्ष भित्रमा डिजाइन अनुसारको घर बनाएर दिने जिम्मा लियो तर कम्पनीले सम्झौता अनुसारको घर निर्माण नगरी आलटाल गर्दै आयो ।

करीब २२ वटा घर निर्माण गर्ने हाउजिङका लागि सबै घर ‘बूक’ भइसकेका थिए । यसबीचमा २०७२ वैशाख १२ गतेको भूकम्पले काम प्रभावित भयो । १ वर्षसम्म त ठप्प भयो ।

भूकम्पको १ वर्षपछि अघि बढेको काम विक्रम संवत् २०७४ सालतिर अन्तिम चरणमा पुग्यो । जब घर निर्माण भइसकेर हस्तान्तरण हुनुपर्ने बेला आयो, त्यसपछि उनीहरूको नियतमा खोट देखियो ।

२ वर्षमा हस्तान्तरण गर्नुपर्ने घर ३ वर्ष हुँदासम्म पनि कम्पनीले घर नबनाउँदा विज्ञेन्द्रको मनमा चस्को पस्यो । उनले सञ्चालक मध्येका पद्म ज्योति, डा. रुप ज्योति र अख्तियार प्राप्त सीई कन्सट्रक्सनका प्रतिनिधि शम्भु प्रसाद फुयाँललाई भेटे तर उनीहरूले हाउजिङको काम ‘फाइनल’ हुन बाँकी छ भन्दै आलटाल गर्दै आए ।

यसबीच रुप ज्योतिले विज्ञेन्द्रलाई ‘म ठूलो व्यापारी हुँ । ठूला–ठूला मानिसहरू चिनेको छु । किचकिच नगर तिमीलाई ठीक पारिदिउँला’ भन्दै धम्की दिँदै आए ।

विज्ञेन्द्रलाई अब आफ्नो पैसा पनि नआउने जग्गा पनि नआउने भएपछि उनले २०७५ मंसिर १६ गते महानगरीय प्रहरीले परिसर काठमाडौंमा रुप ज्योति, पद्म ज्योति लगायतका ल्याण्डमार्क डेभलपर्सका १० जनाविरुद्ध ठगी गरेको भन्दै जाहेरी दिए ।

जाहेरीको कारवाही प्रक्रिया अघि बढ्ने क्रममा जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते रूप ज्योतिलाई पक्राउ आदेश दियो । आफूमाथि हुनसक्ने कानूनी कारवाहीबाट बच्न रूप ज्योतिले निषेधाज्ञाको मागसहित सर्वोच्चमा रिट दायर गरे ।

रूप ज्योतिले दायर गरेको निषेधाज्ञाको रिट सर्वोच्चले कात्तिक २० गते खारेज गरिदिएपछि जिल्ला अदालत काठमाडौंको आदेश सदर भयो । सर्वोच्च अदालतले निषेधाज्ञाको रिट खारेज गरेपछि विज्ञेन्द्रले फेरि महानगरीय प्रहरी परिसर काठमाडौंमा २०७६ कात्तिक २१ गते पुरक जोहरी दिएपछि महानगरीय प्रहरी परिसरले रुप ज्योतिलाई अमेरिकाबाट नेपाल आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीवार राति पक्राउ गर्‍यो । शुक्रवार ल्याण्डमार्क डेभलपर्सका सञ्चालकमध्येकी रुप ज्योति छोरी सुरुचि ज्यातिलाई पनि पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।

ठग्नकै लागि कम्पनी दर्ता !

२०७० सालताका नेपालको ठूलो व्यावसायिक घराना ज्योति समूहले हाउजिङमा पनि लगानी गर्ने ‘हल्ला’ चलायो । हल्ला चलाउनुअघि नै ज्योति समूहले हाउजिङमा लगानी गर्ने रणनीति बनाइसकेको थियो । त्यसका लागि ल्यान्डमार्क डेभलपर्स प्रालि दर्ता भइसकेको थियो । 

कूल १० करोड १० हजार रूपैयाँ बराबरको प्रथम पूँजी भएको कम्पनीमा ज्योति समूहको ५० लाख रूपैयाँको शेयर छ । ज्योति समूहकै अर्काे कम्पनी स्याकर कम्पनी प्रालिको ९ करोड ५० लाख रूपैयाँको शेयर लगानी छ । 

एकपटक मध्यम वर्गीय परिवारका लागि कम लगानीमै घर निर्माण गरिदिने भनेर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको भनेर बदनाम भएको जय स्निपिङ मिल्स प्रालिले पनि ल्यान्डमार्क डेभलपर्समा १० हजार रूपैयाँको शेयर लगानी गरेको छ ।

ज्ञानेन्द्रका अर्थमन्त्री रुप ज्योतिको ‘ठगी धन्दा’, अढाइ करोड लिएर जग्गा हडप्ने प्रपञ्च

ठगी मुद्दाका आरोपित रुप ज्योतिलाई पक्राउ गर्न प्रहरीको आलटाल

२ करोड ७० लाख ठगी प्रकरण: पूर्वअर्थ सहायक मन्त्री रूपज्योतिलाई पक्रिन सर्वोच्चले खोल्यो बाटो

२ करोड ७० लाख ठगी प्रकरणमा रूपज्योति र सौरभज्योतिलाई पक्राउ गर्दै प्रहरी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x