×

NMB BANK
NIC ASIA

विमान उड्नुभन्दा ठीकअघि यात्रीले विमानको आपतकालीन द्वार झिकिदए

कात्तिक २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – थाइल्यान्डको चियाङ माईमा बिहीवार अपराह्न एक व्यक्तिले उड्न लागेको विमानको आपतकालीन द्वार झिकिदिएपछि हंगामा मच्चिएको छ । 

Muktinath Bank

एयरबस ए३२० विमानमा उनीसहित ८६ यात्रु थिए र विमान उड्न ठिक्क परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही बेलामा ती यात्रु आपतकालीन ढोकामा पुगे र त्यसलाई हटाए । त्यसपछि स्लाइड खुल्यो । ती व्यक्ति रक्सीले टिल्ल रहेको अन्य यात्रुको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

स्तब्ध भएका यात्रुहरू चिच्याए अनि सुरक्षाकर्मीहरूले रातो कपाल भएका ती व्यक्तिलाई भुइँमा पछारे । 

Vianet communication
Laxmi Bank

स्थानीय सञ्चारमाध्यमले उनलाई बौलाहा विदेशी भन्यो । 

यात्रुले जीन्स, नीलो शर्ट र सेतो जुत्ता लगाएका थिए । 

घटनाका कारण थाइ स्माइल एयरलाइनले ६ लाख भाटभन्दा बढीको नोक्सानी भएको जनाएको छ । 

ती यात्रुको नाम खुलाइएको छैन र उनलाई हिरासतमा लिइएको छ । विमानस्थल अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । 

विमान दिउँसो ३ः४० मा उड्नुपर्ने थियो तर ढिलाइ भएर ५ बजे मात्र उड्यो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x