संस्कृतमा ट्वीट गरेपछि हलिउड गायिका चर्चामा, के लेखिएको छ ट्वीटमा ?

कात्तिक २३, २०७६

काठमाडौं –हलिउड गायिका तथा अभिनेत्री लेडी गागा आफ्ना गीतका साथै विभिन्न गतिविधिका कारण चर्चामा छाइरहन्छिन् ।

सामाजिक सञ्जालमा उनका गतिविधि निरन्तर देख्न पाइन्छ । यसपटक पनि उनले यस्तै काम गरेकी छन् । उनको पछिल्लो ट्वीटको कारण संस्कृत नबुझ्ने उनका फ्यान चकित भएका छन् ।


ADVERTISEMENT

उनले आफ्नो ट्वीटमा संस्कृतको एउटा श्लोक पोस्ट गरेकी छन् । गागाले लेखेकी छन्, 'लोका समस्ताः सुखिनोभवन्तु' ।

यो मन्त्र उनका फ्यानले धेरैपछि मात्रै बुझे पनि सोसल मिडियामा धेरै भाइरल भएको छ ।

अहिलेसम्म यसलाई ५० हजार भन्दा बढीले लाइक गरेका छन् भने ११ हजारभन्दा बढीले शेयर गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 

 

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार