×

NMB BANK
NIC ASIA

कला संवाद

विक्रम परियार : अँध्यारो कोठाबाट उज्यालो भविष्य देखेका गायक

कात्तिक २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- 'चौतारीको बर'बाट दर्शकमाझ परिचित भएका गायक विक्रम परियारलाई लोकान्तरकर्मीले सोधेको थियो- तपाईंका संघर्ष लेखौं कि भनेर भेट्न आएको ।

Muktinath Bank

उनले यसको जवाफ भावुक हुँदै दिएका थिए, 'सर, मैले जिन्दगीमा यति धेरै दु:ख र अभाव भोगेको छु कि जुन सुनाउँदा पनि मेरा आँखामा आँसु थामिँदैनन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि सोचेँ- संघर्षका दिनबारे पछि कुरा गरौंला ।


Advertisment
Nabil box
Kumari

*****

Vianet communication
Laxmi Bank

स्याङ्जा गल्याङ नगरपालिका देवीस्थान-७ मा विक्रम मध्यम परिवारमा जन्मिए । स्याङ्जा लोकगीतको उर्वर भूमि । स्याङ्जाले धेरै राम्रा लोकगायक/गायिकाहरू जन्माएको छ । त्यसैको प्रभाव विक्रममा पनि पर्‍यो । रेडियो तथा क्यासेटका चक्का किनेर उनले आफूलाई मनपर्ने कुलेन्द्र विश्वकर्मा, राजु परियार, शर्मिला गुरुङलगायतका गीतहरू खोजीखोजी सुन्न थाले ।  त्यसपछि लोकगीतप्रति उनको चासो ह्वात्तै बढ्न थाल्यो ।

स्कूल कलेजमा पनि गीत गाउन थाले । भन्छन्, 'शिक्षक तथा कक्षाका साथीहरूले राम्रो गाउँछौ भनेर एप्रिसियसन गर्न थालेपछि मलाई पनि प्रोफेसनल भएरै अब सांगीतिक बजारमा छिर्नुपर्छ भन्ने लाग्यो ।'

कक्षामा गाउँदा शिक्षक र साथीहरूले राम्रो छ भन्थे । उनी खुशी हुन्थे, दंग पर्थे । तर आफ्नो स्वर धेरैमाझ चिनाउनु थियो उनलाई । यसैबीच उनले चिनिन सकिने बाटो पाए- इमेज लोक कलाकार ।

गायन रियालिटी शो आफूलाई चिनाउने उत्कृष्ट माध्यम लागेको हो ?  उनले जवाफ दिए, ' मेरो अनुहार र स्वरलाई चिनाउन एउटा राम्रो पक्ष भनेको रियालिटी शो नै हो भन्ने लाग्यो । एल्बम निकालेर बजारमा चिनिनका लागि त्यतिधेरै पैसा पनि थिएन ।'

इमेज लोक कलाकार नामक गायन रियालिटी शोमा उनी शीर्ष १२ सम्म अटाए । गाउँका पाखामा गाउने, स्कूल तथा कलेजका कक्षाहरूमा गाउने विक्रम टेलिभिजनका स्क्रीनमा देखिए । उनलाई चिन्नेको संख्या दैनानुदिन बढ्दै गयो ।

उनले इमेज लोक कलाकारमा गाएको एउटा गीतलाई धेरैले मन पराए ।

विगतका दिन कोट्याउँछन् उनी- 'सुनकोशी पूर्व पर्‍यो कि' भन्ने गीत रियालिटी शोमा गाएको थिएँ । उक्त गीतलाई त्यतिबेला धेरैले रुचाएका थिए । सामाजिक सञ्जालहरूमा १२ हजार भन्दा बढी शेयर भएका थिए ।

त्यसपछि उनलाई लोक दोहोरी क्षेत्रमा राम्रो स्वर भएको कलाकार आयो है भनेर सोही क्षेत्रमा कलाकार तथा आमदर्शकले नोटिस गर्न थाले ।

अझै पनि उनी इमेज लोक कलाकारमा आफूले गरेको यात्रालाई 'टर्निङ प्वोइन्ट'को रूपमा लिन्छन् ।

'यूट्युबका कारणले विदेशमा हुनेहरूले मेरो गलालाई मन पराएको पाएँ । यो नै मेरो जीवनको टर्निङ प्वोइन्ट बन्न पुग्यो,' यात्रा सुनाउँछन् उनी, 'म गीतसंगीतमा लाग्नका लागि इमेज लोक कलाकारले ठूलो महत्त्व राख्छ । यसलाई मैले सबैभन्दा ठूलो खुड्किलोको रूपमा लिन्छु ।'

*****

विक्रमको काठमाडौं आउनुको मुख्य उद्देश्य थियो- मास्टर्स पढ्ने । उनले गल्याङमा मेजर इंलिसमा ब्याचलर सकेका थिए । तर उनको मन अध्ययनमा मात्रै सीमित रहेन । गीतसंगीतको हुरीले उनलाई उडायो ।

इमेज लोक कलाकारबाट बाहिर निस्केपछि उनले जिन्दगी बुझे । नियति र अभावलाई नजिकबाट नियाले ।

काठमाडौंको अभाव, दु:ख र पीडालाई चिर्न भनेर उनले केही समय लालदरबार दोहोरी साँझमा पनि काम गरे । तर उनको जीवनस्तर त्यति सुध्रिएन । तर पनि विक्रम आफूलाई मनपर्ने क्षेत्र संगीतबाट टाढा हुन सकेनन् ।

हुर्केको छोरो । परिवारको मायाबाट टाढिएर गायक बन्ने सपना पालेर राजधानीमा संघर्षरत छ । घरबाट मागेर काठमाडौंमा गुजारा गर्ने अवस्था पनि छैन ।

उनी घरिघरी दोहोर्‍याइरहन्छन्, 'काठमाडौंमा मैले गरेको दु:ख सम्झिने हो भने आँसु बग्छ ।'

यसबीचमा उनले काठमाडौंको चिसो सहे । भोक सहे । अभा­व झेले । वास्तवमा जिन्दगी बुझे ।

अभावका दिनहरूबारे उनी खुल्छन्, 'काठमाडौंको चिसो कसरी सहेको छु मलाई थाहा छ । दिउँसै बत्ती बाल्नुपर्ने अन्धकार कोठामा कसरी रात बिताएको छु त्यो मलाई थाहा छ । त्यही कोठामा गीतसंगीतमै घोल्तिएर  गीतसंगीतमै उज्यालो भविष्य देखेर धेरै रात सुतेको छु ।'

उनी बिना हिच्किचाहट दु:खका दिन सुनाउँछन्, 'कति रात त भोकै सुतेको छु । पाउरोटीको भरमा छाक टारेको दिन त कति छन् कति ।'

त्यस्तो अभावका बीचमा पनि संगीत नै सोचिरहनुभएको थियो त ? आफूलाई मन परेको क्षेत्रमा जति पनि दु:ख सहन सकिने भन्दै प्रश्नको उत्तर दिँदै भने, 'दु:ख त गर्छु । टाढा त जान्नँ म । गीतसंगीतमै रमाउन चाहन्छु,' 'मलाई मनपर्ने क्षेत्र पनि हो । मन परेको कुरा गर्न दु:ख र हण्डर त सहनुपर्छ । म त्यसका लागि जहिल्यै पनि तयार छु ।'

सांगीतिक ब्रेक

इमेज लोक कलाकारबाट बाहिर निस्किएको केही समयपछि उनी  शिव हमालसँग नजिकिए । त्यसबीचमा गीतकार केशव पौडेलसँग पनि उनको चिनाजान भयो ।

अनि उनले एकदिन केशवलाई 'दाइ' एउटा गीत गरौं भने ।

केशवले उनको प्रस्ताव सहजै स्वीकार गरे ।

त्यसपछि केशवले गीतको शब्द लेखे । शिव हमालले संगीत भरे ।

गीत बन्यो :

'गुन्द्रुक मीठो साग तामा मीठो बाँसको

आज मलाई खाँचो पर्‍यो बैंश जोवन साथको'

गीत बजारमा आएपछि आफूलाई दर्शकले चिन्न थालेको विक्रमको भनाइ छ ।

भन्छन्, 'यो २०७४ सालमा निस्किएको थियो । यसले मलाई चिनाउन ठूलो भूमिका खेल्यो । यही गीत सुनेर लोकगीतका क्षेत्रमा परिचित दाइदिदीहरूले पनि तिम्रो स्वर राम्रो छ भन्नुभयो ।'

चौतारीको बर

विक्रम परियारको स्वर, बसन्त थापाको संगीत तथा नकुल ढकालले लेखेको गीत हो- चौतारीको बर । महिलातर्फ भने यस गीतलाई सुमित्रा तामाङले गाएकी छन् ।

आधा दर्जन बढी गीत गाएपछि विक्रमको स्वरमा 'चौतारीको बर' बजारमा निस्किएको हो ।

उनले एउटा राम्रो गीत गाएर चिनिनुपर्छ भन्ने सोचिरहेका थिए । त्यसैबीच उनले स्रष्टा एवं गायक बसन्त थापासँग चिनचान भएका कारण भनेछन्- दाइ अब हामी काम गरौं न !

बसन्तले पनि 'हुन्छ' भनेछन् ।

विक्रम भन्छन्, 'उहाँले पनि समय आएको छ तिम्रो । ल एउटा गीत गरौं भन्नुभयो । अनि गीतको काम भयो ।'

तर उनले भिडियोमा आफूले रिस्क लिन नचाहेको पनि बताए । उनलाई आफ्नो अनुहार बिक्दैन कि भन्ने शंका लागेको थियो रे । भन्छन्, 'म विशुद्ध नयाँ कलाकार । मेरो अनुहार बिक्दैन कि कतै भन्ने सोचेँ । रिस्क चाहिनँ ।' तर आगामी दिनमा भने गीतसँगै भिडियोमा पनि आफू देखिनेबारे उनले सोच गरेका छन् रे !  

गीतसंगीतमा लागेपछि 'चौतारीको बर'ले आफूलाई सबैभन्दा खुशी दिएको उनले बताए । मन्द मुस्कानसहित सफलता सुनाउँछन् उनी, 'यो गीतले मेहनतअनुसार लोकप्रियता हासिल पनि गर्‍यो । म निकै खुशी छु ।'

'चौतारी बर' लाई यूट्युबमा लगभग ९० लाख पटक हेरिएको छ । यूट्युबमा यति धेरैपटक लोक गीतका भिडियो हेरिनुलाई उनले सुखद् ठान्छन् ।

उनको गीत यूट्युबमा मात्र होइन, टिकटकमा पनि व्यापक हिट भयो । १ लाखभन्दा बढी प्रयोगकर्ताले गीतको विभिन्न टुक्काहरूलाई लिएर भिडियो बनाएको उनी सुनाउँछन् ।

'चौतारीको बर' बजारमा आएपछि स्टेजहरूमा पनि माग बढेको उनले बताए । भन्छन्, 'यस गीत बजारमा आएपछि म कार्यक्रमकै लागि कतार पुगेँ । स्टेजहरूमा पनि राम्रै माग हुन थालेको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x