मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
खस्यौली – रुपन्देहीमा विद्युत् चुहावट घट्दै गएको देखिएको छ ।
नियन्त्रणका कार्यक्रम प्रभावकारी र विद्युत्मा प्राविधिक सुधार भएकोले चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष हुकिङ, मिटर र मागको आधारमा चुहावट हुने गरेको बताइएको छ ।
‘विद्युत्को खपत गर्नेले जती स्वीकृति लिएको छ त्यति नै आधारमा बल्ब जडान गर्नुपर्छ नभए त्यसलाई मागको आधारमा चुहावट मानिन्छ,’ प्रमुख मिश्रले भने, ‘केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा १२.३४ प्रतिशत विद्युत् चुहावट भएकोमा आव २०७४/७५ मा ९.६१ प्रतिशतमा झरेको छ ।
आव २०७५/७६ मा ६.९१ प्रतिशतमा विद्युत् चुहावट सीमित हुन पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्युत् चुहावट गर्ने २ जनालाई कारवाही गरिएको छ । ती दुईसँग ३३ हजार ७५३ रुपैयाँ रकम असूली गरिएको थियो ।
उक्त आर्थिक वर्षमा मिटरबाट विद्यु चुहावट गर्ने तीन जनालाई कारवाही गर्दा ९९ हजार ६९८ रुपैयाँ रकम असूली भएको छ । यसैगरी मागका आधारमा चुहावट अन्तर्गत ३ हजार ९९३ जनालाई कारवाही भएको छ । उनीहरूबाट २ करोड १४ लाख ६८ हजार ५२४ रकम असुली भएको छ ।
विद्युत् चुहावटमा यस क्षेत्रबाट कूल ३ हजार ९९८ कारवाहीमा परेकोमा २ करोड १६ लाख ९७६ रुपैयाँ रकम असूली भएको जनाइएको छ ।
केन्द्रका प्रमुख मिश्रका अनुसार चुहावट नियन्त्रणका लागि मिटरमा ताल्चा हान्ने काम भएको र त्यस्तो एक हजार ५०० ग्राहकको रिसिलिङ गरिएको छ । ‘कतिपय अवस्थामा विद्युत् चुहावट थाहा नभएर पनि हुने गरेको छ,’ उनले भने । प्रमुख मिश्रले विद्युत् प्राधिकरणले ग्राहक वर्गीकरण सुधार लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिँदै विद्युतको वक्यौता प्रतिशत पनि घट्दै गएको बताए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...