क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधन कारवाहीमा

फाइल फोटो
कात्तिक २३, २०७६

हेटौंडा – जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैं अवधिभर क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब ३ सय सवारीसाधनलाई कारवाही गरी जरिवाना असुलेको छ ।

आगामी दिनमा लापरवाही नगर्न सचेत समेत गराएको छ । तिहारसम्म क्षमता भन्दा बढी यात्रु बोक्ने, कागजपत्र नहुने, मादकपदार्थ सेवन गरी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःख दिने सवारी साधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


ADVERTISEMENT

टाफिक प्रहरीले कारवाहीमार्फत करीब ३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कारवाहीमा परेका साधनमध्ये ९ सवारी चालक मादकपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो ।

तिहारमा हेटौंडामा फरक–फरक स्थानमा भएका २ दुर्घटनामा २ जनाको मृत्यु भएको जनाइएको छ  ।

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस