सुधार समितिले एम्बुलेन्स खरिद गर्ने

कात्तिक २३, २०७६

काठमाडौं – नयाँ बसपार्कमा रहेको मित्रनगर विकास तथा सुधार समितिले त्यहाँको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद तथा बिरामीको तत्काल उपचारका लागि एम्बुलेन्स खरीद गरी समाज सुधारका कार्य गर्ने भएको छ ।

समितिको शनिवार सम्पन्न ११ औं साधारण सभाबाट निर्वाचित अध्यक्ष विष्णु पोखरेलले सो जानकारी दिएका हुन् ।


ADVERTISEMENT

सभाले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष दीपक सिंखडा, प्रथम उपाध्यक्ष गंगा पन्त, उपाध्यक्ष रुद्र दाहाल, महासचिव अर्जुनकुमार श्रेष्ठ, सचिव चन्द्रा बराल, कोषाध्यक्ष ज्ञानेश्वर गुरुङ र सहकोषाध्यक्षमा राम खतिवडा चयन भएका छन् ।

समितिको सदस्यमा शिवशरण डंगोल, तारा नेपाल, देवी कार्की, राजन महर्जन, जयलक्ष्मी कार्की, हेमबहादुर श्रेष्ठ, प्रेमकुमारी कार्की र हरिकृष्ण महर्जन भएका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्क क्षेत्रलाई सुन्दर क्षेत्रका रुपमा निर्माण गर्न मित्रनगर विकास तथा टोल सुधार समितिले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

‘महानगरपालिकाको राजस्व आम्दानीमा मित्रनगर क्षेत्रको योगदान महत्वपूर्ण छ,’ उनले भने । विक्रम संवत् २०५७ सालमा स्थापना भएको समितिले मित्रनगर क्षेत्रमा वृक्षरोपण, खेलकूद, जनचेतनामूलक, महोत्सव, बालबालिका तथा वृद्धवृद्धालाई सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

समितिले आगामी दिनमा मित्रनगर क्षेत्रको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद, बिरामी बोक्नका लागि एम्बुलेन्स खरिद लगायतका कार्यक्रम गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार