×

NMB BANK
NIC ASIA

कांग्रेस युवा नेताहरूको एउटै स्वर- नेपाली भूभाग मिच्ने अधिकार कसैलाई छैन

कात्तिक २४, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं- नेपाली कांग्रेसका युवा नेताहरूले भारतले जारी गरेको नयाँ नक्साको नेपालको भूमि लिपुलेक र कालापानीलाई भारतीय भूमिमा गाभेको घटनाप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस युवा नेताहरू डा. चन्द्र भण्डारी, कमला पन्त, रत्ना सेरचन, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे र प्रदिप पौडेलले ;संयुक्त प्रेस वक्तव्य जारी गर्दै  कसैलाई पनि नेपाली भूभाग मिच्ने अधिकार नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसका नेताहरूद्वारा जारी संयुक्त वक्तव्य जस्ताको त्यस्तै :


Advertisment
Nabil box
Kumari

केही दिनअघि भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भुमि लिपुलेक र कालापानी समेतलाई भारतीय भुमिमा पारिएको घटनाप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ । सन् १८१६ मा नेपाल र अङ्ग्रेजशासित भारतबिच सम्पन्न सुगौली सन्धिले किटान गरेका महाकाली पूर्वका भूभागहरू नेपालका हुन भन्ने व्यहोराबाट ती सबै भूभागहरू नेपालका अविभाज्य अंग हुन भन्नेकुरा स्पष्ट हुन्छ ।

Vianet communication
Laxmi Bank

यस धरातलीय यथार्थलाई नजरअन्दाज गर्नु कसैको पनि हितमा हुदैन । नेपाली भूभाग मिच्ने अधिकार कसैलाई छैन । हाम्रा पूर्खाहरुले ज्यानको बाजी लगाएर ठूलो बलिदानको मूल्यमा कायम राखेको सिमा तलमाथि गर्न खोज्ने जो कसैलाई नेपाली जनताले माफ गर्न सक्तैनन् । यस घटनाबाट अहिले ३ करोड नेपाली जनता स्तब्ध, दुःखी र आक्रोसित छन् ।

नेपाल सरकारले यस दुखद घटनाका सन्दर्भमा भारत सरकारसँग स्पष्ट कुरा गर्नु पर्दछ । यस बिषयमा सरकारले बोलाएको सर्वदलीय बैठकलाई सकारात्मक सुरुवातका रूपमा लिदै पछिल्लो घटना लगायतका सिमा अतिक्रमणका अन्य स्थानहरूका बिषयमा समेत सार्थक, परिणाममूखी र दिगो समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ ।

शदियौंदेखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चीन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रिपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरि छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।

शक्ति,बल र अभिमान प्रदर्शन गरि साना राष्ट्रहरूलाई थिचोमिचो र दुव्र्यबहार गर्न मानवता, दर्शन र हाम्रो सभ्यताले पनि हामी कसैलाई अनुमति दिदैनन भन्ने कुरा पनि स्मरण गराउन चाहन्छौं । जय नेपाल

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x