×

NMB BANK
NIC ASIA

हिजो दिनभर : प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठनको तयारी, राज्यमन्त्रीको राजीनामा स्वीकृत

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेरबारे आइतबार उनले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । सोही विषयमा छलफल गर्न नेकपाले सोमबार सचिवालय बैठक समेत बोलाएको छ । 
प्रधानमन्त्रीको निर्देशनमा आफ्नो सचिवालयमा रहेका सबै सल्लाहकार र सहयोगीले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिने तय भइसकेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् ।
केही बाहेक अधिकाशं मन्त्रीको कार्यसम्पादन औषतभन्दा माथि नउठेपछि प्रधानमन्त्री मन्त्री फेरबदलमा लागेका हुन् । 
उपनिर्वाचनमा ६४ उम्मेदवारको अन्तिम नामावली प्रकाशन

Sagarmatha Cement
Muktinath Bank

    आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेका क्षेत्रमा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आइतबार सम्पन्न भएको छ । 


Advertisment
Nabil box
Kumari

    मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँको उम्मेदवारी फिर्तालगत्तै २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । 

Vianet communication
Laxmi Bank

    यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा विभिन्न राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नुहुनेभएको छ । यस्तै बाग्लुङमा राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङमा राजनीतिक दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोे आयोगले जनाएको छ । 

सेनानीमाथि प्रहरी अनुसन्धान

    सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए ।

    नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाइएका सेनानी शाहीलाई अनुसन्धानका लागि आइतबार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उपस्थित गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    कानूनको बर्खिलाप गर्ने जो कसैलाई कारवाहीको दायरामा ल्याउने सङ्गठनको स्पष्ट नीति रहेको जनाउँदै सेनाले सङ्गठनमा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका  लागू गरेको छ ।

    गैरकानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐनबमोजिम कारवाही गरिने जनाउँदै सेनाले अनुसन्धानका लागि प्रहरी प्रशासनबाट उपस्थित गराइदिन अनुरोध भइआएमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पठाउने गरेको बताएको छ ।

जमीन फिर्ता गर्न माग

हडपेको जमीन भारतले फिर्ता गर्नुपर्ने भन्दै ‘सिमाना बचाउ अभियान’ नामक संस्थाले आइतबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ । 

    राजनीतिक वार्तामार्फत सरकारले कूटनीतिक पहल चाल्नुपर्ने अभियानका धनराज वास्तविकले बताए ।  “नेपाली जनताले सडकमार्फत गरेको आन्दोलनलाई भारतले सुन्नैपर्छ”, उनले भने, “जबसम्म भारतले हाम्रो कुरा सुन्दैन, हामी हाम्रो आन्दोलन कायम राख्छौँ ।”

    सुघौली सन्धिपछि भएको अतिक्रमणको जवाफ भारत सरकारले दिनैपर्ने र समयमै नेपालको भू–भाग फिर्ता गर्नुपर्ने उनले बताए । 

काङ्ग्रेसद्वारा समिति गठन
 
नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीको तयारीका लागि ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरेको छ ।

    काङ्ग्रेसले पार्टीको विधानबमोजिम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आइतबार सो समिति गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
    
    पार्टी केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य छन्।  समितिको सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेको पार्टी कार्यालयले जनाएको छ । 

वडाध्यक्ष पक्राउ

नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आइतबार बिहान घरबाटै पक्राउ गरेर काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

    उनका अनुसार तामाङविरुद्ध विसं २०६१ जेठ २७ गते काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र रु २५ हजार जरिवाना सुनाइएको थियो । 

    रु ३० हजार धरौटीमा तारिखमा रिहा भएका तामाङ फैसलापश्चात् फरार रहँदै आएकाले पक्राउ गरेर अदातलको फैसला कार्यान्वयनका लागि नुवाकोट प्रहरीले टेकु प्रहरीको जिम्मामा काठमाडौँ पठाएको छ ।

    तामाङ स्थानीय तहको निर्वाचनमा मेघाङ गाउँपालिकाको वडा नं. ५ मा वडाअध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए । 

बागलुङमा उम्मेदवारी फिर्ता भएन

    बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा १० उम्मेदवार प्रतिस्पर्धामा उत्रने भएका छन् । बिहीबार मनोनयन दर्ता गराएकामध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि उम्मेदवारको नाम फिर्ता लिने समय तोकेको थियो । आइतबारै साँझ ५ बजे उम्मेदवारको अन्तिम नामवली प्रकाशन गरिएको  जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । 

चन्दका ब्युरो इञ्चार्जसहित २० नेकपामा प्रवेश

    ‘विप्लब’ नेतृत्वको समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आइतबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए । 

    गार्मेन्ट उद्योग स्थापना गर्न बङ्गलादेश इच्छुक

कपडा तथा कपडाजन्य उद्योगमा संसारभर नै प्रख्याती कमाएको बङ्गलादेशले नेपालमा समेत लगानी गर्ने इच्छा देखाएको छ । 

गार्मेन्ट उद्योग खोल्ने भन्दै बङ्गलादेशको एक कम्पनीले उद्योग विभागमा आवेदन दिएको छ । गार्मेन्ट उद्योगबाटै बङ्गलादेशको अर्थतन्त्र उकालो लागेको सकारात्मक अनुभवलाई नेपालसँग पनि साटासाटा गर्ने लक्ष्यका साथ बङ्गलादेशी कम्पनीले नेपालमा उद्योग स्थापना गर्न लागेको हो । 

उद्योग विभागका अनुसार बङ्गलादेशी कम्पनीले रु १५ करोड लगानीमा पहिलो चरणमा ३२ जनालाई रोजगारी दिने गरी उद्योग स्थापना गर्न लागेको हो । चालू आवको चार महिनाको अवधिमा कूल रु १३ अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमध्ये उत्पादनमूलक उद्योगतर्फ बङ्गलादेशी कम्पनीले चासो देखाएको हो । 

सीमा विवाद समाधान लागि कूटनीतिक पहल थाल्न सुझाव

विभिन्न राजनीतिक दलका नेताले नेपाल–भारत सीमा विवाद समाधान लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले नेपालको कालापानी लगायतका सिमानामा देखिएको विवाद समाधानका लागि सरकारले वार्ता गर्नुपर्छ भन्नेमा मुलुकभित्र राष्ट्रिय सहमति कायम भएकाले यसलाई सरकारले अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सो विषयमा छलफल गर्न शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा मुलुकभित्रका सबै राजनीतिक शक्तिबीच देखिएको राष्ट्रिय सहमतिले सरकारलाई थप शक्ति प्रदान भएको उल्लेख गरे । 

नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले दार्चुलास्थित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा कुनै द्विविधा नरहेको स्पष्ट पार्दै सो क्षेत्र फिर्ता लिनुपर्छ भनेर मुलुकभित्र राष्ट्रिय सहमति कायम भएको बताए । 

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सुगौली सन्धिपछि महाकाली नदीको उद्गमस्थललाई नै दुई देशको सीमाना मानेको र सो अनुसार कालापानी नेपालको क्षेत्र भएको स्पष्ट पार्दै दुई देशबीचका विवाद तथा असमझदारी अन्त्यका लागि प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्रराय यादवले वर्तमान सरकार बलियो सरकार भएको र यसमा सबै दलको सहमति पनि भएकाले सीमा विवाद समस्या समाधानका लागि तत्काल वार्ता र संवाद थाल्नुपर्ने सुझाव दिए । 

राजिनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा स्वीकृत गरिएको छ ।  मुख्यमन्त्री त्रिलोचन भट्टले उनले दिएको राजीनामा आइतबार नै स्वीकृत गरिसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए । 

रावलले आइतबार नै मुख्यमन्त्री भट्टलाई राज्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।  उनले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्यमन्त्रीलाई बुझाएको जनाइएको छ । कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा रावलले राजीनामा दिएको बताइएको छ । 

रुप ज्योतिलाई हिरासतमा राख्न अनुमति

     काठमाडौँ जिल्ला अदालतले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति श्रेष्ठ र छोरी सुरुचि श्रेष्ठलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ । 

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले आइतबार सो आदेश दिएको हो । यसअघि अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो सो म्याद शनिबार सकिएपछि आइतबार दोस्रो पटक म्याद थपका लागि अदालतमा लगिएको थियो । 

     महानगरीय प्रहरी परिसरको टोलीले व्यवसायी श्रेष्ठको बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका र सो कम्पनी श्रेष्ठको श्रीमती र छोरीको नाममा रहेको पाइएको छ । 

साढे सात लाख ‘स्मार्ट’ कार्ड छाप्न बाँकी

यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ । यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका आवेदन परेको सङ्ख्या हो । 

पहिले साना क्षमताका प्रिन्टरले छपाइ गर्दा छाप्न बाँकी कार्डको सङ्ख्या धेरै भएको विभागले जनाएको छ । ‘मास प्रिन्टर’ पूर्ण क्षमतामा काम गर्दा केही महिनामा नै सकिने विभागका महानिर्देशक गोगनबहादूर हमालले बताए । 
 ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा चार पाँच सयसम्म कार्ड छाप्ने रहेको छ । पहिले सञ्चालनमा रहेका साना क्षमताका उपकरणसमेत सञ्चालनमा ल्याइने उनको भनाइ छ । 

अनेरास्ववियूको आग्रह

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ स–सङ्गठन अनेरास्ववियूले कालापानीलगायतका सीमा समस्या तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

    अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै भारतले हालै सार्वजनिक गरेको नक्सा सच्याउनका लागि तत्काल कूटनीतिक पहल गर्न र नेपालको एक इञ्च पनि जमीन नछाड्न आग्रह गरेको हो । 

    अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीले शनिबार आयोजना गरेको सर्वपक्षीय बैठकबाट सीमा समस्या समाधानका लागि राष्ट्रिय सहमति बनेको भन्दै सरकारले कूटनीतिक प्रयास शुरु गरिसकेको बताए । 

    घुस लिएको अभियोगमा पक्राउ 

    अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ । 

    नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । 

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगको सुर्खेतबाट गएको टोलीले यही कात्तिक २२ गते खड्कालाई रु १५ हजार घुससहित मुसिकोट नगरपालिका– १ खलङ्गास्थित राप्ती होटलबाट पक्राउ गरिएको हो । आयोगले अनुसन्धान कार्य जारी रहेका कारण उल्लेख गर्दै खड्काको पक्राउबारे आइतबार सार्वजनिकरुपमा जानकारी दिएको हो । 
    
झिनो अङ्कले घट्यो नेप्से 

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । साताको पहिलो दिन नै नेप्सेले ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.१८ विन्दुले घटेर एक हजार १३१.८० विन्दुमा झरेको छ । 

    यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले सुधार भएको छ । सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४९.०१ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकममा भने अपेक्षित सुधार देखिएको छ । कूल १६३ कम्पनीको १० लाख आठ हजार ८०९ कित्ता शेयर रु २९ करोड ३१ लाख ४९ हजार ४४ मूल्यमा खरीद बिक्री भए । 

    स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आइतबार पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.२६, होटल १५.०१, विकास बैंक २.१५, जलविद्युत् ७.२, जीवन बीमा ३९.३७ र सामूहिक लगानी कोष ०.११ विन्दुले घटेको छ । 
यस्तै वित्त ०.६८, निर्जीवन बीमा २.८३, उत्पादन ९.६७, अन्य ५.६८ र लघुवित्त ४.०१ विन्दुले बढेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x