×

NMB BANK
NIC ASIA

महिलाको काटिएको हातसहित नदीबाट निकालिए एक रुसी प्राध्यापक

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रुसका प्रहरी अधिकारीहरूले इतिहास विषयका एक प्राध्यापकलाई महिलाको काटिएको हातसहित शनिवार बिहान मोइका नदीबाट निकालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सेन्ट पिटर्सबर्ग शहरमा एक पूर्व विद्यार्थीको मृत्युका सम्बन्धमा प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ । उनीविरुद्ध फौजदारी मुद्दा लगाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसको शीर्ष कानून कार्यान्वयन निकाय दी इन्भेस्टिगेटिभ कमिटीले एक वक्तव्य जारी गरेर प्राध्यापकको झोलाबाट एक जोडी काटिएका हात र ह्यान्डगन फेला परेको र उनलाई आरोपितका रूपमा पक्राउ गरिएको जनाएको छ । 


Advertisment
Nabil box
Kumari

पक्राउ परेका प्राध्यापक प्राज्ञिक सेलेब्रिटी हुन् । रुसको सरकारी समाचार संस्थाहरूले उनी सेन्ट पिटर्सबर्ग स्टेट विश्वविद्यालयमा पढाउने ओलेग सोकोलोभ भएको बताएका छन् । उनलाई अहिले अस्पतालमा अत्यधिक चिसोमा बस्दा आउने अवस्था हाइपोथर्मियाका लागि उपचार गरिँदैछ । 

Vianet communication
Laxmi Bank

सोकोलोभ फ्रान्सको सैन्य इतिहासविज्ञ हुन् र उनी विश्वविद्यालयको आधुनिक तथा समकालीन इतिहास विभागमा आबद्ध छन् । 

काटिएका हात अनास्तासिया येशचेन्कोको भएको र उनको बाँकी शरीर सोकोलोभको घरमा भेटिएको प्रहरी अधिकारीहरूले बताएका छन् । यशचेन्को प्राध्यापक सोकोलोभकी पूर्व विद्यार्थी भएको बताइएको छ ।

येशचेन्को दक्षिणी शहर क्रास्नोदारबाट सेन्ट पिटर्सबर्गमा अध्ययनका लागि आएको र सोकोलोभसँग मिलेर अनुसन्धानमा लागेको समाचार संस्था तासले लेख्यो । सोकोलोभले आफ्ना विद्यार्थीहरूलाई कुटपिट गर्ने गरेको भनी सञ्चारमाध्यममा आएका खबरलाई पनि प्रहरीले जाँचिरहेको बताइएको छ ।

मोइका नदीमा पसेका गोताखोरहरूले एक झोलामा अर्का एक व्यक्तिको शरीरका अंगहरू फेला पारेको रुसी समाचार संस्थाहरूले जनाएका छन् । 

तासका अनुसार, मानव अवशेषहरू अर्का एक पुरुषको भएको र प्रहरीले ती व्यक्तिको पहिचान पत्ता लगाउने प्रयास गरिरहेको छ । येशचेन्कोको मृत्युसँग यसको कुनै सम्बन्ध रहेको नरहेको विषयमा अनुसन्धान हँुदैछ ।

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x