×

NMB BANK
NIC ASIA

सांसदहरूको सुझाव– कर्मचारीबाट सम्भव छैन, राजनीतिक तहबाटै सीमा विवाद हल गरौं

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सांसदहरूले कालापानी क्षेत्रमा देखिएको सीमा विबाद राजनीतिक तहबाट समाधान गर्न सुझाव दिएका छन् । आवश्यक परे प्रधानमन्त्री तहमा वान टू वान वार्ता गरेर गरेर भएपनि समस्या समाधान गर्नुपर्ने उनीहरूको सुझाव छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सोमवार बसेको बैठकमा सांसदहरूले नेपाल–भारत सीमा विवाद स्थायी रूपमा समाधान गर्ने अवसर आएको भन्दै खुट्टा नकमाउन सरकारको ध्यानाकर्षण गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ऐतिहासिक तथ्य र प्रमाणविपरीत नयाँ नक्सा जारी गरेर भारतले चुनौती थपेको छ,’ नेकपा सांसद पम्फा भुसालले भनिन्, ‘ठोकुवासाथ भन्न सकिन्छ, यो विवादको हल ब्यूरोक्रेसी लेभलबाट सम्भव हुँदैन, राजनीतिक तहबाटै समस्या समाधान गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

नेतृ भुसालले सीमा नियमन गर्न र आवत जावतका लागि परिपय पत्रको व्यवस्था गर्नेगरी समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

Vianet communication
Laxmi Bank

‘राष्ट्रिय एकता भएको समयमा सीमा नियमनमा सहमति गर्नुपर्छ । सेनालाई ठेक्का पट्टाबाट अलग गरेर सीमा सुरक्षामा लगाउनु पर्छ,’ उनले भनिन् । 

नेपाली कांग्रेसका देवेन्द्रराज कंडेलले कार्यकारी तहबाट पहल गरेर कालापानी समस्या समाधान गर्नुपर्ने बताए । ‘असईको कमाण्डमा ८/१० जना राखेर सीमा सुरक्षा हुँदैन,’ कंडेलले भने ।

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कालापानी विवादको समाधानका लागि प्रधानमन्त्री तहमा ‘वान टू वान’ वार्ता गर्नुपर्ने बताइन् । ‘संसदको अधिवेशन बोलाएर लिपुलेक र कालापानी नेपाली भूमि भएको प्रस्ताव पास गरेर वार्तामा बस्नुपर्छ,’ उनले भनिन् ।

नेमकिपाका प्रेम सुवालले कालापानी विवादलाई अन्तर्राष्ट्रियकरण गरेर ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्ने बताए ।

नेकपाकी यशोदा गुरुङले अकुपाई टुँडिखेल र डा. गोविन्द केसीको मागलाई थाति राखेर सीमा विवादमा केन्द्रित हुनुपर्ने बताइन् ।

‘आन्दोलनको मूलधार माटो संरक्षणका लागि केन्द्रित गरौं,’ उनले भनिन् ।

नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले भारतले जारी गरेको नक्साका कारण समस्याले नयाँ रूप लिएको बताए । 

समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइएको भएपनि स्वास्थ्यको कारण देखाउँदै उपस्थित भएनन् ।

प्रधानमन्त्रीका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले सर्वदलीय बैठकमा भएको सहमतिअनुसार सहमति कार्यान्वयनको पहल शुरू भइसकेको जानकारी दिइन् । 

‘हामीसँगका तथ्य र प्रमाणले कालापानी, लिपुकले र लिम्पियाधुरा नेपालको भएको कुरा पुष्टि हुन्छ । प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा भएको सहमति कार्यान्वयन शुरू भइसकेको छ,’ मन्त्री अर्यालले भनिन्, ‘भारतबाट समस्या समाधानका  लागि सकारात्मक संकेत प्राप्त भएको छ ।’

बैठकमा समिति सदस्यहरूले उच्च राजनीतिक तहबाटै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x