×

NMB BANK
NIC ASIA

कर्णालीका मुख्यमन्त्री गर्जिए - एम्बुस थापेर देश बन्दैन !

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको समृद्धिका लागि आलोचना नभई सुझाव चाहिएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकारहरुको न्यूनतम पारिश्रमिक बारेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले एम्बुस थापेर बसे देश नबन्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तिललाई पहाड बनाउने परम्परा बसिसकेको छ । कहाँ कहिले के गल्ती गर्लान र आलोचना गरौंला भनेर पर्खिने बानी परेको छ,’ उनले भने, ‘यो समय सुझाव दिने हो । अझ म भन्छु, कर्णालीलाई सुन्दर बनाउन अहिले अरु केही होइन सपना देख्नुहोस र हामीलाई सुनाउनुहोस । अनिमात्र विकास गर्न सकिन्छ । आवश्यक नीति तथा कार्यक्रम बनाउन सकिन्छ ।’


Advertisment
Nabil box
Kumari

उनले विगतमा कर्णाली धनी रहेको बताउँदै अहिले भने कर्णाली माग्ने प्रदेशको रुपमा गइसकेको बताए । ‘हामी सबैको घरमा चाँदी, सुन पर्याप्त छ,’ उनले भने, ‘उहिले हाम्रा पुर्खा चीनसँग व्यापार गर्ने गरेका थिए । तर अहिले अवस्था फेरिएको छ । सबै माग्ने बनेका छन् । अरुको सहकारमा बाँच्ने कुरा सिकाइएको छ ।’

Vianet communication
Laxmi Bank

यति मात्र होइन, आफू असफल भएको भन्दा पनि अर्को व्यक्ति पास भएकोमा रीस गर्ने बानी बसिसकेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकार दुइ वर्षको मात्रै भएको र दुइ वर्षमै बोल्न वा दौडन सक्ने अवस्था नहुने बताए । विदेशी राज्यहरुसँग यहाँको तुलना गर्न नहुने बताउँदै प्रदेश सरकार कानून निर्माणमा लागिरहेको उनको भनाई थियो ।

‘अहिले हामीले कानून निर्माणलाई तीव्रता दिइरहेका छौं,’ उनको दाबी छ, ‘केहि कानूनहरु परिमार्जन गर्ने तयारीमा लागिरहेका छौं । त्यसका लागि सबै पक्षको सकारात्मक साथ सहयोग आवश्यक पर्दछ ।’

उनले काम गर्दा समस्या आउने बताउँदै प्रदेश सरकार ती आएका समस्याको हल खोज्दै अघि बढिरहेको दाबी गरे ।

मुलुकमा आएको संघीयतामाथि नै केही शक्तिले प्रहार गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले उनीहरुको सपना पुरा नहुने बताए ।

‘हिजो गणतन्त्र नचाहने, संघीयता नचाहने तत्व धेरै थिए,’ शाही भन्छन्, ‘ती तत्वहरु अहिले नचाहेर भएपनि संघीयता स्वीकार गर्न बाध्य भएका छन् । यो व्यवस्थाको विकल्प नै छैन । बरु संविधानमा कहि कतै असन्तुष्टि भए वा कुनै काम गर्न बाधा आए समाधान गर्न सकिन्छ ।’

उनले भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x