×

NMB BANK
NIC ASIA

हिजो दिनभर : आलम प्रकरणका प्रत्यक्षदर्शी बयान फेर्न अदालत पुगेपछि पक्राउ

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उम्मेदवारलाई चुनाव चिह्न प्रदान

Sagarmatha Cement
Muktinath Bank

    निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई सोमबार निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको कार्यतालिका अनुसार कास्की क्षेत्र नं २ मा सांसदको तथा भक्तपुर निर्वाचन क्षेत्र नं १(क), बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    कास्की क्षेत्र नं २ का लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा नाम समावेश भएका राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी कूल २१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १(क) को उपनिर्वाचनका लागि अन्तिम नामावलीमा नाम समावेश भएका राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ । 


Advertisment
Nabil box
Kumari

    यस्तै बागलुङ निर्वाचन क्षेत्र नं २(ख) का लागि उम्मेदवारको सूचीमा नाम समावेश भएका राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङको निर्वाचन क्षेत्र नं २ का लागि अन्तिम नामावलीमा रहेका राजनीतिक दलका १२ र दुई स्वतन्त्र गरी कूल १४ उम्मेदवारलाई निर्वाचन चिह्न दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई कानूनअनुसार निर्धारण गरिएका निर्वाचन चिह्नमध्येबाट चुनाव चिह्न प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताए। उपनिर्वाचनमा कूल ५५ पुरुष र नौ महिलासहित ६४ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

सेनानी रामचन्द्र तिवारी कारवाहीमा

नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारवाही गरेको छ । दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारवाहीमा परेका हुन् ।

     समरी जनरल सैनिक अदालतले निज प्राविधिक सेनानी तिवारीलाई छ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसकेपछि संस्थालाई आरोप लगाउँदै सङ्गठनको स्वीकृति बेगर थापाथली इञ्जिनीयरीङ क्याम्पसमा काम गरेको सेनाले जनाएको छ ।

 ‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप 

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । 

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरूको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

डा केसीलाई अनशन तोड्न आग्रह

डडेल्धुरामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिएका छन् ।  सोमबार बिहान स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मुख्यमन्त्री भट्टले डा केसीसँगै टेलिफोनमा कुराकानी गर्दै अनशन तोड्न आग्रह गरेका हुन् ।

डा केसीका सकारात्मक मागलाई सङ्घीय सरकारमा पु¥याउन सुदूरपश्चिम प्रदेश सरकार पहल गर्न तयार रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डडेल्धुरा अस्पतालमा सरकारी चिकित्सकको व्यवस्था नभएसम्म आफूले अनशन नतोड्ने डा केसीको अडान छ ।

    परिसङ्घले सामाजिक सुरक्षामा सहभागिताका लागि आह्वान गर्ने
 
    काठमाडौँ ।  नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका लागि आह्वान गर्ने भएको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा परिसङ्घका अध्यक्ष शतिषकुमार मोरले सामाजिक सुरक्षा योजनाप्रति उद्योगी निकै सकारात्मक भएका उल्लेख गर्दै सबै उद्योगीलाई कोषमा आवद्ध हुन विशेष आह्वान गर्ने बताए । 
     
    परिसङ्घले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि योजनाबद्ध रुपमा सहयोग गर्दै आएको छ । परिसङ्घकै सहयोगमा पोखरा, विराटनगरलगायत मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा योजना कार्यान्वयनका बारेमा वृहद छलफल भएको थियो । सो छलफलमा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा परिसङ्घले गरेको सहयोगको प्रसंशा गरेका थिए । 

बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमणका बेला उच्चस्तरीय सुरक्षा
    
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी मंगलबार नेपाल आउँदैछन् ।  हमिदलाई अति विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधि–२०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।
    
    आवश्यक तयारीस्वरुप सुरक्षा समन्वयात्मक छलफल भइसकेको र सम्भावित चुनौतीलाई मध्यनगर गर्दै सोमबारैदेखि चौविसै घण्टा रहने गरी सुरक्षाकर्मीलाई विभिन्न स्थानमा खटाइएकोे सुरक्षा निकायले जनाएको छ । सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उक्त कार्यविधि अनुसार सुरक्षा समन्वयका लागि रथीको नेतृत्वमा चारवटै सुरक्षा निकायका अधिकारी सहभागी सुरक्षा समन्वय समितिले समन्वयात्मक रुपमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए । 
    
    राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिन आह्वान 

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले कालापानी क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ ।
 
भारतले हालै जारी गरेको राजनीतिक नक्सा सार्वजनिकपछि उठेको प्रश्नका सम्बन्धमा मन्त्रिपरिषदका सदस्यसँग जानकारी लिएपछि समितिले लिम्पियाधुरा मुहान भएको कालीनदी पूर्वको भू–भाग नेपालको हो भन्ने भौगोलिक र ऐतिहासिक तथ्यका आधारमा उक्त भू–भागमा नेपालको सार्वभौम अधिकार कायम गर्नका लागि पहल गर्न सरकारलाई निर्देश गरेको हो ।
 
नेपालको सार्वभौम, भौगोलिक अखण्डता र स्वाधीनता हस्तक्षेप हुनेगरी भारतले सार्वजनिक गरेको नक्साका सम्बन्धमा नेपाल सरकार र राजनीतिक दलबाट व्यक्त धारणा तथा अडानको प्रशंसा गर्दै समितिले राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिन सरकार, राजनीतिक दल र आम जनसमुदायलाई आह्वान गरेको छ । 

समितिले भनेको छ, “एक अर्काको सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानको सम्मान गर्दै सहअस्तित्वका आधारमा संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा पञ्चशीलका सिद्धान्तप्रति प्रतिबद्ध नेपाल र भारत दुवै देशले ती सिद्धान्तको अक्षरशः पालना गर्न प्रतिबद्ध हुनुपर्छ ।” कालापानीलगायतका क्षेत्रमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमा क्षेत्रको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देश गरेको छ । 

बैठकले दुई देशबीचका अन्य स्थानका सीमा विवादकोसमेत स्थायी समाधानका लागि पहल कदमी लिन सरकारलाई सुझाव दिएको छ । समितिले दुवै देशबीच भएका सन्धि सम्झौतालाई समयानुकूल सुधार गर्न सम्झौताको पुनरावलोकनका लागि गठन भएको प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन सम्बन्धित पक्षलाई बुझाउने र सार्वजनिक गर्न सरकारलाई भनेको छ । नेपालको शैक्षिक सामग्रीमा प्रयोग भएका नक्सामा सुधार ल्याई लिम्पिया धुरासम्मको नेपालको आफ्नो भू–भाग समेटेर नयाँ नक्सा तयार गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

वैकल्पिक सडकको प्रयोग गर्न आग्रह 

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाले सोमबार एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म हुने नेपाल भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगरिदिनहुन सबै नागरिकमा आग्रह गरेको हो । मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ । 

सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रह समेत गरिएको छ ।

सर्वोच्चको आदेश 
  
सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सहितका काजजात अदालतमा पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
 
न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालासले सोमबार इआइएसहित सो सम्बन्धमा भएका कागजात पेश गर्न आदेश जारी गरेको हो । “परियोजनाका लागि भएको वातावरणीय प्रभाव मूल्याङ्कनसहित यस सम्बन्धमा निर्णय भएका फाईल सम्बन्धित सरकारी वकिलमार्फत इजलासमा पेश गर्नु”, आदेशमा भनिएको छ ।
  
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सो क्षेत्रका रुख कटानी गर्दा वन्यजन्तुलाई अपूरणीय क्षति हुने भएकाले रुख बिरुवा काट्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा गत भदौ २२ गते रिट निवेदन दायर गरेका थिए । 

सिफारिस समितिको बैठक शुक्रबार बस्ने

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयन तथा कानून संशोधनका विषयमा सोमबार बस्ने भनिएको बैठक शुक्रबार बस्ने भएको छ । सिफारिस समितिको सोमबारको बैठक प्राविधिक कारणले बस्न नसकेकाले यही कात्तिक २९ गते शुक्रबार बस्ने तय भएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिइन् ।
    
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । अहिलेसम्म पदाधिकारीका लागि सम्भावित नाममा उजूरी आह्वान गर्ने प्रक्रिया बाहेक अरु काम हुनसकेको छैन् । दुई आयोगका पदाधिकारी नियुक्तिका विषयमा दलबीचमा सहमति नजिक पुगेको हुँदै चाँडै पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेको छ । दुवै आयोग पदाधिकारीबिहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाई भइरहेको छ । 

आलम प्रकरणमा प्रत्यक्षदर्शीले फेर्न थाले बयान

    राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।

    विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए । 

    आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएका सरकारी साक्षी हुनु  । उनी आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् ।

    यसअघि विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिएकी थिइन् । तेइस जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा आलम माथि छ । 

‘जापानले कृषि कामदार लैजाने’

    नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । 

    जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली कामदार लैजान सकिने बताएको थियो । 

    भेटमा कृषि क्षेत्रमा जापानलाई चाहिने कामदार लैजाने सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाल र जापान सरकारबीच सम्पन्न समझदारीमा जापानले कृषिलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजान सक्ने व्यवस्था रहेको छ । सो क्रममा मन्त्री विष्टले हाल चलिरहेको ‘नर्सिङ केयर गिभर’ मा कामदार लैजाने प्रक्रियालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन अनुरोध गरेका थिए ।  

सुनको मूल्यमा सामान्य वृद्धि
 
    साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ । 
 
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाल सुनको प्रतितोला रु ७१ हजार २०० निर्धारण गरेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले वृद्धि भई रु ७० हजार ९०० पुगेको छ । 
 
    सोमबार छापावाल सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी रु ५ ले वृद्धि भई प्रतितोला रु ८४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने 
    
    एनएमबी बैंकले आफ्ना शेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट २१ प्रतिशत शेयर लाभांश प्रदान गर्ने भएको छ । त्यस आधारमा कूल दुई करोड ४२ लाख १२ हजार ४५७ कित्ता शेयर प्रदान गरिनेछ । 
    
    यस्तै कर प्रयोजनका लागि भने नगद लाभांश प्रदान गर्न लागिएको छ । कूल १४ प्रतिशत नगद लाभांश अर्थात रु एक अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ वितरण गर्ने प्रस्ताव गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वकिृत तथा बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी रु ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७ रहेको छ । 


    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x