फागुन १८, २०८०
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
काठमाडौं – चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ ।
नेपाल भ्रमणका क्रममा रहेका कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सो योजना बनाइएको जनाएका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन लागिएको बताए ।
‘हामी २ देशबीचको सांस्कृतिक सम्बन्धलाई सहयोग पुग्ने गरी २ सुन्दर चित्र बनाउनेछौं,’ उनले भने । राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघिकोे शारीरिक बनावटको झल्को दिने गरी वास्तविक तेलचित्र बनाएर प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
चित्र बनाइसकेपछि नेपाल सरकारलाई उपहारस्वरुप दिने प्रमुख हुले जानकारी दिए ।
चीनका चित्रकार वाङ मिङले लुम्बिनीमा उक्त चित्र बनाउने बताए । वृत्तचित्र आगामी मार्च महिनाबाट छायांकन शुरू हुने उनले बताए । निर्माण भइसकेपछि नेपाल, चीनलगायत अन्य देशमा हुने चलचित्र महोत्सवमा प्रदर्शन गरिने उनको भनाइ छ ।
वृत्तचित्रको प्रदर्शनपछि सोही तेलचित्र चोरिएको विषयलाई लिएर ठूलो पर्दाको चलचित्र बनाउने कम्पनीको योजना छ । चलचित्रमा नेपालका तर्फबाट अभिनेता रेश मरहठ्ठालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हुले जानकारी दिए ।
‘मुख्य भूमिकामा रेशलाई खेलाउने सहमति भएको छ, अर्को महिना बेइजिङमा हाम्रो औपचारिक सम्झौता हुनेछ,’ उनले भने । अभिनेता रेशले आफू यसरी नेपालबाट चीनले बनाउने फिल्ममा छनोट हुन पाउँदा गर्व लागेको बताए ।
चलचित्रमा छनोट हुनु भनेको नेपाल र नेपालीको सम्मानको विषय भएको उनको भनाइ छ ।
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...