×

NMB BANK
NIC ASIA

ठगी धन्दा

सिकलसेलको त्रासभित्र फस्टाउँदै अवैध नेटवर्किङ धन्दा, ओरियन्स र भेस्टिजबाट ठगिँदै सर्वसाधारण

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी –  थारु समुदायमा देखिएको सिकलसेल एनिमियाको त्रासभित्र अवैध ठगीधन्दा फस्टाउँदै गएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भारतसहित विभिन्न देशमा शाखा कार्यालय रहेको ओरियन्स ग्लोबल मार्केटिङ कम्पनी र भेस्टिज मार्केटिङ कम्पनीले नेपालका विभिन्न क्षेत्रमा गैरकानूनी नेटवर्किङको जालो फैलाएर सोझासाझा नेपालीलाई ठगिरहेको भेटिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले विभिन्न उत्पादन नेटवर्किङ प्रणालीमार्फत एजेन्ट बनाएर बिक्री गर्नुका साथै विभिन्न कमिसनको प्रलोभन देखाएर पैसा संकलन गरिरहेको पाइएको हो ।


Advertisment
Nabil box
Kumari

धनगढी उपमहानगरपालिका–१७ पथरीका स्थानीय चुल्हुराम चौधरीले आफ्नो छोरा सुरज चौधरी केही महिनाअघि ओरियन्स प्रतिनिधिको लहलहैमा लागेर ठगिएको दुःखेसो पोखे । कैलाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययनरत उनका छोरा सीमावर्ति भारतीय बजार लखिमपुरमा शाखा कार्यालय रहेको ओरियन्स कम्पनीमा ३ महिना बसेको र ३१ हजार रुपैयाँ खर्च गरेको उनले बताए । पैसा सकिएपछि साथीबाट २ हजार रुपैयाँ ऋण मागेर उनी घर फर्केको चौधरीले बताए ।

Vianet communication
Laxmi Bank

‘क्याम्पस पढ्दै गरेका छोराले पैसाको लोभमा क्याम्पस छोडेर कम्पनीमा लाग्यो । अहिले ठगियो । उजुुरी गरौं भने कसमाथि गरौं ? जोमार्फत कम्पनीमा लाग्यो, उहीँ मान्छे नै ठगिएको रहेछ,’ उनले भने ।

नाम उल्लेख नगर्ने शर्तमा धनगढी क्षेत्रमा काम गरिरहेका ओरियन्सका एक प्रतिनिधिले भारतको लखिमपुरमा शाखा कार्यालय रहेको कम्पनीले हेल्थ नेटवकिङ प्रणालीमार्फत नेपालका विभिन्न क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गरेको जानकारी दिए । आफूले हालसम्म दर्ता फर्म, सेमिनारमा प्रशिक्षण र केही औषधी खरिदबापत १ लाख भारतीय रुपैयाँ खर्च गरिसकेको बताउँदै उनले प्रतिफल भने अझै पाउन नसकेको बताए ।

कैलालीको घोडाघोडी नगरपालिका–१० की ओरियन्सकी एक पूर्व प्रतिनिधिले कम्पनीमा लागेर आफूले १ लाख नेपाली रुपैयाँ खर्च गरेको जानकारी दिइन् तर प्रतिफल नपाएको र ठगिएको महसूस भएपछि छाडेको उनले बताइन् । सामाजिक प्रतिष्ठामा आँच आउने भन्दै उनले आफ्नो नाम भने उल्लेख नगर्न अनुरोध गरिन् ।

ओरियन्स प्रतिनिधिको ठगीधन्दाले व्यापकता पाउँदै गएको छ । प्रतिनिधिले आफ्नो सामग्री बिक्री गर्ने उद्देश्यले सिकलसेल एनिमिया रोग निको हुने दाबी गर्दै आएका छन् । सिकलसेलका बिरामीलाई सरकारद्वारा उपलब्ध गराइएको औषधोपचार छाड्न लगाएर कम्पनीका प्रतिनिधिले आफ्ना उत्पादन खरिद गर्न लगाएर खुुवाएको पाइएको छ ।

धनगढीमा काम गर्दै आएका ओरियन्सका प्रतिनिधि रञ्जित चौधरीले कम्पनीको औषधि बिकाउने नाममा सरकारले उपलब्ध गराएको सिकलसेलको औषधि छोडाएको पाइएको छ । उनले बिरामीसँग भिडियो समेत बनाएर यूट्युबमा अपलोड गरेका छन् ।

सिकलसेल एनिमिया तराईको थारु समुदायमा बढी देखिएको रोग हो । जसको औषधि उपचारको लागि सरकारले १ लाख रुपैयाँ प्रतिबिरामी उपलब्ध गराउँदै आएको छ ।

ओरियन्स प्रतिनिधिका अनुसार नयाँ प्रतिनिधिसँग १ डायमन्ड योजना अनुसार ६ हजार, २ डायमन्ड योजना अनुसार २० हजार र ३ डायमन्ड योजना अनुुसार ६० हजार भारतीय रुपैयाँ शुरूमै दर्ता फर्म र सेमिनार शुल्कबापत लिने गरिएको छ । पछि आफ्ना प्रतिनिधिलाई आफ्नो विभिन्न उत्पादन बिक्री गराउने र पिरामिड शैलीको सञ्जाल विस्तार गरेर विभिन्न आर्थिक प्रलोभन दिँदै ठग्ने गरिएको छ ।

ओरियन्सले जस्तै भेस्टिजले पनि आफ्नो धन्दालाई व्यापक बनाएको छ । भेस्टिज प्रतिनिधिका अनुसार भेस्टिजले नेपालमा वेल्थ टे«ड कम्पनीको नाममा आफ्नो नेटवर्किङ कारोबार चलाउँदै आएका छन् ।

प्रशासन बेखबर

कैलालीमा दुवै कम्पनीको गैरकानूनी धन्दा मौलाएपनि स्थानीय प्रशासन भने बेखबर रहेको पाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञ बोहराले दुवै कम्पनीका गतिविधिबारे जानकारी नपाएको र कहीँकतैबाट उजुरी नपरेको बताए । उजुरी परेको खण्डमा त्यहीँ अनुसार अनुसन्धान थालिने प्रजिअ बोहराले बताए ।

केही समयअघि भारतमा रहेको नेटवर्किङ व्यवसायका नाममा नेपालीले नै गाउँका सोझासाझा नेपालीलाई ठगी गरेको आरोपमा बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । ओरियन्सको नेटवर्किङ व्यापारका नाममा ठगी गरेको आरोपमा बर्दिया गुलरिया नगरपालिका–४ का विवेक थारू, वडा ५ का हिमाल भनिने प्रजय चौधरी, बारबर्दिया नगरपालिका–७ का दिपक चौधरी र राजापुर नगरपालिका–३ का आशा थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x