×

NMB BANK
NIC ASIA

आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रौतहट –अफ्ताब आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस भएको छ । प्रहरीले घटनाको साक्षीका रूपमा प्रस्तुत गरेको घाइतेमध्येका गौरीशंकर राम चमारलाई आलम पक्षले बयान फेर्न दबाब दिएको खुलेको छ । 

Muktinath Bank

भारत सीतामढी बैरगनियाका उनी सोमबार बयान फेरिएको लिखित निवेदनसहित जिल्ला अदालत पुगेका थिए । अदालतभित्र चलिरहेको थुनछेक बहस प्रभावित पार्न खटाइएका चमार अदालत परिसरमै पक्राउ परेपछि तथ्य बाहिरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि आफू राजपुर बम विस्फोटमा घाइते भएको र भारत गएर उपचार गरेको भन्दै मुख्य अभियुक्त आलमविरुद्ध किटानी जाहेरी दिएका चमारले सोमबार अदालत बुझाउन लगेको निवेदनमा भने सन् २०११ मा स्टोभ पड्किएर घाइते भएको उल्लेख छ । चमारले यो बयान आलमका मान्छेले नै लेखेर आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

‘चार दिनअघि बैरगनियास्थित घरमै बसिरहेको थिएँ, केही मान्छेहरू आएर जिपमा हालेर लगे । बन्धक बनाएर केही कागजातमा हस्ताक्षर गर्न लगाए,’ मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै चमारले भने, ‘सोमबार सोही समूहले बैरगनिया पेटल चोकमा ल्याएर छाड्यो । त्यहाँबाट राजपुरका शेख नौसादले मोटरसाइकलमा राखेर आलमको घरमा पुर्‍याए । दिउँसो १ बजेतिर उनैले अदालतनजिक छाडेर फर्किए ।’

Vianet communication
Laxmi Bank

२७ चैत ०६४ को विस्फोटमा चमारको दुवै कान गुमेको छ भने अनुहारको तल्लो भागदेखि छातीसम्म पूर्ण रूपमा जलेको छ । यससअघि २१ कात्तिकमा पनि अर्का साक्षीको बयान परिवर्तन गर्ने प्रयास भएको थियो । विस्फोटमा मारिएका मोहम्मद ओसी अख्तरकी पत्नी अमना खातुनलाई ‘पति वैदेशिक रोजगारीमा गएर नफर्किएको’ झुटो निवेदन इजलासमा पेस गर्न लगाइएको थियो । तर, अदालतले निवेदन दर्ता गरेन । जब कि अमना आफैँले ०७४ मै ओसीको मृत्युदर्ता प्रमाणपत्र बनाएर आलमलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएकी थिइन् ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x