×

NMB BANK
NIC ASIA

भूकम्पले घर भत्काएपछि ४ वर्षदेखि छिमेकीको घरमै बास

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बनेपा – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएर घर बनाउने समय कात्तिक मसान्तको समयसीमा तोकेर काम गर्न आग्रह गरिरहेका बेला भूकम्पले घर पूर्णरुपमा ध्वस्त भएपछि छिमेकीको घरमा बस्दै आएका पाँचखाल नगरपालिका–६ का देवीकुमारी पौडेलले भने अझै घर बनाउन पाएकी छैनन् ।

Muktinath Bank

भूकम्प गएपछि सर्वेक्षणको लागि गाउँमा खटिएका इञ्जिनीयरले गरेको गल्तीका कारण घर पूर्णरुपमा ध्वस्त भएपनि विवरणमा अर्कैको घरको फोटो खिचेर भरेको कारण प्रवलीकरणमा परेपछि घर निर्माण गर्न नपाएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उता घर भत्केर बस्ने ठाउँ छैन, यता अर्काको घरमा बसिरहेकी छु, प्राधिकरणले प्रबलीकरण गर्नुपर्छ भन्दैछ,’ उनले भनिन्, ‘मेरो घर भत्केर जग मात्रै छ, गाह्रोसमेत छैन तर इञ्जिनीयरले पठाएको विवरणमा लाभग्राहीको सूचीमा प्रवलीकरण गर्नुपर्ने भनेर आएपछि विवरण सच्याई पाउँ भनेर पुनर्निर्माण प्राधिकरण धाएको ४ वर्ष बित्यो तर अझै घर निर्माण गर्न पाउने हो कि होइन भन्ने टुंगो लागेको छैन । अब चाहिँ भरेर पठाएको विवरण सच्चिएर आउँदा हुन्छ भन्ने छ, खै के हुन्छ, हेरौं ।’


Advertisment
Nabil box
Kumari

‘अहिले पछिल्लो चरणमा फेरि गाउँका मान्छेहरू बोलाएर सरजमिन गर भनेर भनेकाले अहिले त्यहीँ अनुसारले विवरण तयार गरेर भत्केको घरको जगको फोटोसहित खिचेर वडाबाट सबै कागजात तयार गरेर पेश गरेपछि हुन्छ भन्ने कुरा आएको छ, त्यसैले खुशी छु,’ पौडेलले भनिन्, ‘एकल महिलासमेत रहनुभएका उहाँ सरकारबाट भूकम्पको पैसा आयो भने जग्गा बेचेरै बस्नको लागि भूकम्प प्रतिरोधी घर राम्रो बनाएर बस्ने ठूलो इच्छा भएको उहाँ बताउनुहुन्छ । गरिखान सकिँदैन, बस्ने ठाउँ मात्रै भए पनि बलियो भयो भने त केही न केही त हुन्छ नि !’

Vianet communication
Laxmi Bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले आफू कार्यालय प्रमुख भएर आएपछि सो कुरा थाहा पाएको र तयार गर्नुपर्ने विवरण सबै तयार गर्न लगाएर केन्द्रमा पठाएपछि त्यहीअनुसार हुन्छ भन्ने कुरा आएको कारण अब घर बनाउन शुरू गर्न सुझाव दिएको बताए । कार्यालयमा नै आएका पौडेललाई भने, ‘अब तपाईले घर बनाउन शुरू गर्नुस्, यताबाट गर्नुपर्ने काम हामी गरिदिन्छौं ।’

छोराहरू भएपनि विगतदेखि नै एक्लै बस्दै आएकी उनको घर भूकम्पले भत्काएपछि छिमेकी प्रदीप पौडेलको घरमा बस्दै आएकी छन् । केन्द्रमा ४ पटक र जिल्लामा पटक–पटक धाउँदै आएका उनले अब भने केही आशावादी भएको बताइन् । 

यसअघि भरेको गुनासोको पनि फाइल १ वर्षसम्म वडा कार्यालयमा नै रहेको र अहिले अर्को इञ्जिनीयर आएर हेरेपछि बल्ल अगाडि बढेको कारण अब भने हुने खालको प्रतिक्रिया आएको उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x