कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
चितवन – भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो संख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ ।
भ्रमण वर्षको संघारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् ।
यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट चितवनका पर्यटकीय महत्त्वका बारेमा उनीहरूमार्फत सन्देश पुर्याउने काम भइरहेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भ्रमण वर्षको पूर्व तयारी भइरहेका बेला भएको यो जमघट निकै महत्त्वपूर्ण रहेको बताए ।
बुधवार बिहानसम्म ७१ देशबाट ४९१ विदेशी अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनमा सहभागी भएका उनले जानकारी दिए । सबैभन्दा बढी अस्ट्रेलियाबाट ११२ सहभागी छन् । सबै सहभागी प्राकृतिक सम्पदामा काम गर्ने संरक्षणकर्मी रहेका र नेपालको पर्यटन वन तथा वन्यजन्तुमा बढी केन्द्रित हुने भएकाले उनीहरूमार्फत राम्रो सन्देश जाने छ । उनीहरूको सामाजिक सञ्जालमार्फत एउटै देशका हजारौं जनतालाई यहाँको पर्यटकीय महत्त्वका बारेमा सन्देश प्रवाह हुने देखिन्छ ।
भ्रमण वर्ष तयारी समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले विश्वभरका संरक्षणकर्मीलाई यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी दिँदै ती देशमा हाम्रो निम्ता पुग्ने बताए । नेपालको पहिलो निकुञ्ज चितवन भएको भन्दै उनले वास्तविक रमाईलोपन ७१ देशका प्रतिनिधिले एकैसाथ पाएका उनको भनाइ छ ।
यससँगै आउँदो वर्ष यहाँ आउने पर्यटकको संख्या बढाउन सकिने डल्लाकोटीले बताए । सुनसानसँगै एकाएक विदेशी पर्यटकले भरिएपछि सौराहाका पर्यटन व्यवसायीमा उत्साह बढेको छ । क्षेत्रीय होटल संघ सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले सहभागीलाई जति सक्दो धेरै पर्यटकीय महत्वका वस्तु देखाएर ती देशमा सन्देश पठाउन लागिएको बताए ।
सहभागीलाई जंगल सफारी, डुंगा सयर, सांस्कृतिक कार्यक्रमको प्रस्तुतिकरण गरिँदैछ भने सम्भव भए जतिलाई रातको समयमा मध्यवर्ती वनभित्र निर्माण गरिएका स्तम्भमा राखिँदै छ । उनीहरूमार्फत ती सन्देश आ–आफ्ना देशमा पुग्ने छ ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले संसारभर एकै पटक पर्यटकीय महत्त्वका बारेमा सन्देश पुग्न लागेको बताए । आफूले कार्यक्रमको उद्घाटन सत्रमा सबैलाई स्वागत गर्दै आ–आफ्ना देशवासीलाई भ्रमण वर्षको सन्देश पुर्याउन आग्रह गरेको उनले जानकारी दिए ।
उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश फर्किएर आफन्त र साथीभाइलाई भ्रमण वर्षको निम्तो पुर्याइदिन आग्रह समेत गरेका थिए ।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जिल्लाको पर्यापर्यटनका विषयमा सहभागीले आफ्ना देशमा सामाजिक सञ्जालमार्फत अरुलाई जानकारी दिने हुनाले विना खर्च विश्वभर राम्रो प्रचार हुन लागेको बताए । यससँगै नेपालमा भ्रमण वर्षमा आउने पर्यटकको संख्यामा वृद्धि हुने सुवेदीको अपेक्षा छ ।
वन र वन्यजन्तु क्षेत्रका विज्ञको सहभागिता भएको हुनाले उनीहरूमार्फत यहाँको महत्त्वका बारेमा राम्रो गरी सन्देश जाने देखिएको छ । संरक्षणकर्मीले दुर्लभ एकसिङ्गे गैंडा, बाघ, घडियाल गोही जस्ता वन्यजन्तु र चरा अवलोकन गर्ने अवसर पाएका छन् । जाडो छल्न विश्वका विभिन्न देशबाट यहाँ आएका चरा उनीहरूका लागि अध्ययन र अवलोकन गर्न निकै महत्त्वपूर्ण सावित हुने छन् ।
निकुञ्जसँगै सौराहामा रहेको थारु संस्कृति विश्वका जोसुकैका लागि नौलो र महत्त्वपूर्ण हुने गर्दछ । मंगलवारबाट शुरू भएको रेन्जर सम्मेलन ५ दिनसम्म चल्नेछ । नेपाल सरकार र अन्तर्राष्ट्रिय रेञ्जर फेडरेसनले कार्यक्रमको आयोजना गरेको हो । एसियामा पहिलोपटक यो कार्यक्रमको आयोजना गरिएको हो । – नारायण अधिकारी/रासस
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...