कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’को समाचार शेयर गरेको भन्दै प्रहरीले ३ दिनदेखि प्रलाद न्यौपानेलाई हिरासतमा राखेको छ ।
नुवाकोट हल्देकालिका–८ स्थायी घर भई हाल मनमैजु बस्ने २७ वर्षीय न्यौपानेलाई कात्तिक २४ गते प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त बालाजुले सार्वजनिक मुद्धा चलाएर हिरासतमा राखेको छ ।
उनका दाजु सुशान्त न्यौपानेलाई समेत प्रहरीले सोही स्थानबाट पक्राउ गरी आँखादेखि मुखसम्म कालो कपडाले ढाकेर ४ घण्टा बाहिर घुमाएपछि मात्रै प्रहरी कार्यालय लगेको सुशान्त न्यौपानले बताए ।
‘प्रहरीले मलाई १ दिन नियन्त्रणमा लिएर छोड्यो भने भाइ प्रलादलाई विप्लवको समाचार शेयर गरेको र चन्दा मागेको भन्दै ५ दिनको म्याद थप गरी थुनामा राखेको छ,’ सुशान्तले भने ।
महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह रानालाई सम्पर्क गर्दा केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेर प्रतिवेदनसहित पठाएको हुँदा सार्वजनिक मुद्धा चलाएर थुनामा राखेको स्वीकार गरे ।
किन र के विषयमा पक्राउ गरी मुद्धा चलाएको भन्ने प्रश्नमा रानाले आफूलाई कुनै जानकारी नभएको र सबै कुरा बुझ्नको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा खबर गर्न भन्दै पन्छिए ।
तर डीएसपी रानाले भने अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा सम्पर्क गर्दा उक्त नाम ठेगाना भएको व्यक्ति पक्राउ नपरेको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।
प्रहरीको विशेष ब्यूरोमा सम्पर्क गर्दा सोही नाम ठेगाना भएको व्यक्ति पक्राउ नपरेको ब्यूरोले जनाएको छ । पक्राउ परेका प्रलादका आफन्तले भने उनले विप्लवको समाचार शेयर गरेको विषयलाई लिएर प्रहरीले पक्राउ गरी पुलिसमाथि अभद्र व्यवहार गरेको भन्दै भूmटा मुद्धा चलाइएको जनाएका छन् ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...