×

NMB BANK
NIC ASIA

राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी तामाङलाई

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । 

Muktinath Bank

वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्र्याटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष कमल थापा बुधबार अमेरिका प्रस्थान गर्नुभएकाले पार्टीको दैनिक कार्यसम्पादन गर्न तामाङलाई जिम्मेवारी दिइएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा नेपालको भूभाग समेतलाई समेट्ने गरी हालै भारतबाट एकतर्फी रुपमा सार्वजनिक गरेको नक्शा त्रुटीपूर्ण रहेकाले सञ्चाउन माग गरिएको छ । उक्त विज्ञप्तिमा सुगौली सन्धिबाट कायम रहेको काली नदीपूर्वको नक्शा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारबीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिवस्तरिय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई पार्टीले अत्यन्त गम्भीरतापूर्वक लिएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

दुई घनिष्ठ छिमेकीकाबीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा नहुने उल्लेख गरिएको उक्त विज्ञप्तिमा भारतबाट प्रकाशित राजनीतिक नक्शामा भएको त्रुटि सच्याउन र नेपालको भू–भागको संरक्षण गर्नको लागि अविलम्ब कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपाले जोडदार माग गरेको छ ।

Vianet communication
Laxmi Bank

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दू राष्ट्र स्थापनाका माग गर्दै जनकपुरको जानकी मन्दिरबाट आज रथयात्रा शुरु गर्न लागेको जनाएको छ । धनुषा महोत्तरी, सर्लाही वारा, पर्सा, मकवानपुर, चितवन हुँदै आगामी मङ्सिर ४ गते लुम्बिनीमा आएर सो रथयात्रा सम्पन्न गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए।

 यात्राका क्रममा जलेश्वर, गौर, कलैया, चितवन, कावासोती, भैरहवामा राजनीतिकसभा गरिने जनाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x