×

NMB BANK
NIC ASIA

प्रहरी नेतृत्व

साख जोगाउन नसकेका आईजीपी खनाल !

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल प्रहरी संगठनमा प्रहरी निरीक्षकको रुपमा प्रवेश गरेपछि उनी अब्बल अधिकृतको रुपमा उदाए तर आईजीपी भएको झण्डै २ वर्षमा उनको छवि धुमिल भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

खनालले २८ वर्षमा बनाएको छवि आईजीपीको भूमिकामा पुगेपछि धुमिल्लाए । आईजीपीको गलत कार्यशैलीले लामो इतिहास भएको प्रहरी संगठनको विश्वसनीयता र साखमा समेत आँच आएको प्रहरीका उच्च अधिकारी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यहाँ काम गर्नेहरूको लेखाजोखा भएन, काम गर्ने अरु तर पाखुरा देखाउने उहाँ । प्रहरी प्रमुख भएका नाताले उहाँले देखाउनुपर्छ तर काम गर्नेलाई पनि त माथि ल्याउनु उहाँको दायित्व हो नि ?’ एक अधिकारीले असन्तुष्टि पोखे, ‘यस्तो क्रियाकलापले त तलका प्रहरी कर्मचारीको मनोबलमा समेत आँच आउँछ नि !’


Advertisment
Nabil box
Kumari

खनालले ३ महिनापछि माघ २८ गते आईजीपीबाट अवकाश पाउँदैछन् तर जाँदाजाँदै उनको कार्यकाल आलोचित बनेको छ । उनको नेतृत्वमा खस्किएको संगठन र व्यक्तिगत छवि ३ महिनामा सुधार्न सम्भव समेत देखिँदैन । प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा प्रहरी संगठन विवादित हुने गरी केही चर्चित घटना सतहमा देखिएका छन् ।

Vianet communication
Laxmi Bank

निर्मला पन्त हत्या प्रकरण

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणले आईजीपी खनालको असफलता स्पष्टै देखियो । घटना भएको १६ महिना बितिसक्दा पनि पन्तका हत्यारा प्रहरीले पत्ता लगाउन सकेको छैन ।

२०७५ साउन ११ गते बिहान साढे ९ बजे कञ्चनपुरकी बालिका १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो । साउन १० गते साथी आँचल (रोशनी) बमको घर जान्छु भनेर निस्किएकी निर्मला अर्काे दिन ११ गते उखुबारीमा अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् ।

मुख्य अभियुक्त भन्दै दिलिपसिंह विष्टलाई २०७५ भदौ ४ गते प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्‍यो तर डीएनए रिपोर्ट नमिलेको भन्दै विष्टलाई भदौ २६ गते साधारण तारेखमा छोडेको थियो ।

कुमार पौडेल फेक इन्काउन्टर !

सर्लाहीमा कुमार पौडेलको इन्काउन्टरको विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले संलग्न प्रहरी कर्मचारीलाई कारवाही गर्न सरकारलाई सिफारिस गर्‍यो । पौडेलको विषयले पनि प्रहरी महानिरीक्षक खनाललाई विवादमा तान्ने काम गर्‍यो ।

गत असार ५ गते सर्लाहीको बागमती नगरपालिका–२ बस्ने विप्लव नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको सर्लाहीकै लालबन्दी नगरपालिका–१ को लखन्देही जंगल नजिकै पर्ने कच्ची सडकको बाँसघारीमा प्रहरीले इन्काउन्टर गरेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले कात्तिक ४ गते नेपाल सरकारलाई सिफारिस गरेको पत्रमा इन्काउन्टर भनिएको घटना इन्काउन्टर नभएर हत्या भएको, लाशजाँच प्रकृति मुचुल्का तयार गर्दा मेडिको लिगल दृष्टिकोणबाट समेत त्रुटि भएको जनाएको छ ।

घटनामा संलग्न प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्णदेवप्रसाद साह र प्रहरी हवल्दारहरू विनोद साह र सत्या नारायण मिश्रलाई तत्काल निलम्बन गर्न सिफारिस गरेको थियो तर हालसम्म पनि निलम्बन गरिएको छैन । पौडेल घटनाले प्रहरी महानिरीक्षकको छविमा धक्का पुगेको जानकारहरू बताउँछन् । 

प्रहरी मुख्यालयमै अख्तियारको छापा

गत भदौ २० गते अख्तियारको विशेष टोलीले नेपाल प्रहरीको मुख्यालय नक्सालबाट पछिल्ला २ वर्षका खरिदका कागजात नियन्त्रणमा लियो । लत्ताकपडा, सवारीसाधन लगायतका बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियारले प्रशासन विभाग अन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट खरिदका सक्कली कागजात नियन्त्रणमा लिएको थियो ।

अपराध अनुसन्धान, ठगी जस्ता विषयमा अनुसन्धान गर्ने प्रहरी प्रधान कार्यालयबाट नै अख्तियारले भ्रष्टाचारको आशंकामा कागजात लैजानुलाई पनि प्रहरी महानिरीक्षक खनालको असफलताको कडीको रुपमा लिइएको छ ।

शक्तिकेन्द्रसँग हिमचिम !

प्रहरी निरीक्षकदेखि नै रमेश खरेलको पछि–पछि बढुवा पाउँदै आएका उनका लागि संगठन प्रमुख बन्ने बाटोमा सबैभन्दा ठूलो बाधक उनै खरेल देखिए । एसएसपीसम्मको बढुवामा पनि उनको ब्याजमा खरेलै अगाडि थिए । लोकप्रियतामा पनि खरेल अगाडि नै थिए ।

डीआईजीमा बढुवा हुँदा पनि यहीँ क्रम कायम भए उनी एआईजीमै घर जाने पक्का थियो । खरेल यूएन मिसनमा गएका थिए, खनाल अपराध महाशाखामा थिए । खरेलले फोहोरी राजनीतिलाई त्यति रुचाउँदैनथे, खनाल शक्तिकेन्द्र मनाउन खप्पिस थिए ।

नेपाली कांग्रेस पृष्ठभूमिका खनाल जुन दल शक्तिमा आयो, त्यसैको निकट भइहाल्थे । गिरिजाप्रसाद कोइराला जीवित रहेसम्म खुलमखुल्ला कांग्रेसी भएका खनाल कोइरालाको निधनसँगै माओवादी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ निकट भए ।

प्रचण्ड निकट हुन उनलाई प्रचण्ड पुत्र प्रकाश दाहालले सघाएका थिए । जति प्रयास गरेपनि खनाल तत्कालीन एमालेको प्रिय हुन सकेनन् ।

खनालको ब्याचबाट कांग्रेसले डीआईजी बनाउँदा बलियो सम्भावना भएका राजेन्द्रमान श्रेष्ठ प्यारालाइसिस भएर उपचारका लागि अस्पतालै भर्ना भए । राजेन्द्र दौडमा नभएपछि कांग्रेसमा उनको विकल्प थिएन । मौकाको राम्रै उपयोग गर्दै खनाल डीआईजी बढुवामा पहिलो नम्बर पाउन सफल भए ।

एमाले–माओवादी सरकारको बेलामा पहिलो नम्बरमा आउन खनालले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहायता लिए । एमाले–माओवादीको सरकार भत्किएर कांग्रेस–माओवादी सरकारको बनेपनि उनी आईजीपी हुनेमा ढुक्क थिए तर निर्वाचनमा एकाएक माओवादी–एमाले गठबन्धन बनेपछि उनी हच्किएका थिए । एमाले बलियो भए उनको सम्भावना कम थियो ।

निर्वाचनपछि बहुमत प्राप्त एमाले–माओवादी सरकार बनेपछि आईजीपी बढुवामा कल्पना नै नगरेका पुष्कर कार्की उनको प्रतिष्पर्धी भए । प्रचण्डले फेरि साथ नदिएको भए उनको आईजीपी हुने सपना तुहिसकेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x