फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको सडक विस्तारमा अवरोध नगर्न यहाँ घर धनी/व्यापारीहरूलाई आग्रह गरेका छन् ।
क्षणिक स्वार्थका लागि महत्त्वपूर्ण आयोजनालाई नगुमाउन उनले नगरबासीहरूलाई सचेत समेत गराए ।
रूपन्देही व्यापार संघको १८औं साधारणसभा तथा १०औं अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘राजमार्ग चौराहादेखि गोलपार्कको सडक विस्तार रोक्न माग गर्दै अदालमा मुद्दा हाल्नेले फिर्ता लिनुस् । आफ्नै खुट्टामा आफैं बञ्चरो हान्ने काम नर्गनुहोस् । दुईचार बित्ता जग्गाको लोभमा अदालत नधाउनुहोस् ।’
बुटवलको बजार क्षेत्रको व्यापार विस्तारका लागि पनि यो सडकलाई फराकिलो बनाउनुपर्ने मुख्यमन्त्री पोखरेलको जोड थियो । ‘जति अवरोध गर्यो उति नै बुटवलवासीलाई नै घाटा हुन्छ । यो सडकलाई विस्तार कार्य गर्न व्यापारीहरूले पनि सघाउनुपर्छ,’ पोखरेलले भने ।
चौराहादेखि गोलपार्कसम्म झण्डै साढे ३ किलोमिटर सडक यहाँ व्यापारीहरूले अदालतमा मुद्दा हाल्दा विस्तार कार्य अगाडि बढ्न सकेको छैन । यहाँ ३ सय ११ घरधुरी भत्काउनु पर्ने अवस्थामा छन् । बुटवलका सौन्दर्यताका लागि पनि यो सडक विस्तारको विकल्प नभएको बताउँदै आएका छन् । बुटवल कालिकापथको सडक विस्तार रोक्नेलाई पनि त्यस्ता कार्यतर्फ नजान आग्रह गरे ।
तीन वर्षदेखि काम ठप्प छ । अवैध रूपमा हुने आर्थिक कारोवारले बुटवल तथा भैरहवा क्षेत्रमा आर्थिक अपराध बढ्दै गएको मुख्यमन्त्रीले दाबी गर्दै अवैध कारोवारलाई प्रोत्साहन नगर्न व्यापारीहरूलाई आग्रह समेत गरे ।
त्यस्तो कारोवारले अपराधिक क्रियाकलाप बढ्दै जाने समेत बताए । राज्यलाई कर नतिर्नेहरूका कारण ‘इकोनिमिक्स क्राइम’ बढेको उनको भनाइ थियो ।
बुटवल–भैरहवा महत्त्वपूर्ण आर्थिक हवको रूपमा विकास भएको भन्दै यसलाई अझै विस्तार गर्नुपर्ने बताए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...