मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मंसिर १०, २०७६
सुर्खेत वीरेन्द्रनगरका यज्ञ खत्री देशकै आकर्षक पर्यटकीय गन्तव्य मानिएको रारा ताल पुगेर केही समयअघि फर्किए ।
प्रकृतिको अनुपम उपहार रारालाई स्वर्गकी अप्सरा’ पनि भनिन्छ । मविवि शाह (पूर्वराजा महेन्द्र शाह)ले एउटा कविता नै लेखेका छन्, 'रारा कि अप्सरा’ । राराको सुन्दरताको वर्णन छ, त्यहाँ ।
महेन्द्रले देखेको त्यो सुन्दर रारा अहिले पनि दुरुस्तै छ । सुन्दरतामा केही कमी आएको छैन । त्यहाँ पुग्ने जो कोही मोहित हुन्छन्, खत्री पनि मोहित नहुने कुरै भएन ।
रारा देख्दा उत्साहित उनी रारा पुग्ने बाटो र अन्य सुविधाका विषयमा निराश बने ।
‘बाटोको अवस्था दयनीय रहेछ । रारा पुग्न यति किलोमिटर बाँकी छ भन्ने कुरा समेत काहीँ लेखिएको देखिएन, सोध्दा स्थानीयले थोरै बाँकी छ भन्ने समयचाहिँ धेरै नै लाग्ने रहेछ,’ खत्रीले लोकान्तरसँग भने ।
राराताल वरिपरि साइकल लेन बनाउने भनिएको थियो । रारामा सुविधासम्पन्न होटल वा होमस्टे सञ्चालन गर्ने पनि भनियो तर अहिलेसम्म न साइकल लेन नै बनाइएको छ न सुविधा सम्पन्न होटल नै सञ्चालनमा आएका छन् ।
‘निकुञ्जभित्र रहेको उक्त तालनजिक दुई होटल रहेछन्, तर भनेजति पैसा दिएपनि सोचे अनुसारको सेवा सुविधा नपाइने रहेछ,’ उनले गुनासो गरे ।
बाहिर बसेर राराको सुन्दरता अवलोकन गर्न पर्याप्त बेञ्च तथा कुर्सी पनि नभएको खत्रीले सुनाए ।
देशमा तीन तहका सरकार भएपनि राराको पर्यटकीय विकासमा कसैले माखो पनि मार्न नसकेको आरोप उनको छ ।
रारा मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा पर्छ ।
****
बुटवलकी रिता कार्कीले दोस्रो लुम्बिनी भनेर काँक्रेबिहारको प्रशंसा सुनेकी थिइन् । दोस्रो लुम्बिनी हेर्नका लागि उनी सुर्खेत आइन् ।
काँक्रेबिहारमा पर्यटकलक्षित संरचना नदेख्दा उनी निराश बनिन् ।
‘दोस्रो लुम्बिनीको उपमा पाएको काँक्रेबिहार घुम्न आएका थियौं तर यहाँ बस्नका लागि उपयुक्त स्थान नै रहेनछ,’ उनले भनिन्, ‘ढुंगामा रहेको माटो पुछेर बस्नुपर्दो रहेछ ।’
मन्दिर, वाल, गेट र सिँढीबाहेक कुनै संरचना छैन, यहाँसम्म कि शौचालय र खानेपानीको व्यवस्था पनि छैन ।
चौतारीमा साना व्यापारीले राखेको चाउचाउबाहेक भोक लागेको बेलामा केही किनेर खान समेत पाइन्न ।
काँक्रेविहार सुर्खेतको वीरेन्द्रनगरमा पर्दछ ।
****
सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने निर्णय सरकारले गरिसकेको छ, २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्ना पर्यटकीय क्षेत्रको बारेमा पर्चा निकाल्ने, तस्वीर राख्ने, मिडियामा विज्ञापन दिने, पर्यटकीय गन्तव्यको परिचयसहितको भिडियो डकुमेन्ट्री बनाउने जस्ता कामहरू गरिरहेका छन् ।
प्रदेशमा १ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित कर्णाली प्रदेश सरकारले पनि प्रचारप्रसारका लागि भनेर १५ लाख रुपैंया छुट्याएको छ ।
पर्यटकीय गन्तव्यहरूमा पर्यटकलक्षित संरचना र सहज यातायातको व्यवस्था गर्न भने कसैको ध्यान गएको छैन ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ढुंगाको सिरानी राखेर सुत्न सक्ने पर्यटक कर्णाली आउनुपर्ने बताउने गरेका छन् । सामान्य किसिमका संरचना निर्माणमा पनि सरकारको ध्यान गएको छैन ।
‘कर्णालीको विकास एकै रातमा गर्न सकिने अवस्था छैन । थोरै बजेटमा केही काम भने गर्न सकिन्थ्यो,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता अध्यापन गर्ने उपप्राध्यापक भानु अधिकारी भन्छन्, ‘संघीय सरकारकै मुख ताक्ने प्रवृत्तिका कारण बेञ्च राख्ने वा अन्य सामान्य संरचना बनाउने काम हुन सकेको छैन ।’
कम्तिमा आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यलाई सुरक्षा गर्ने, संरक्षण गर्ने तथा प्रवर्द्धन गर्ने कार्य स्थानीय सरकारले पनि गर्न सक्ने उनको भनाइ छ ।
‘पर्यटकीय स्थलमा सबैभन्दा पहिले भौतिक संरचना निर्माण गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘कम्तिमा पर्यटकलाई उचित वातावरण, गाँस र बास को आवश्यकता पूर्ति हुने खालका संरचना निर्माण गर्न जरुरी छ ।’
प्रचारले मात्र एकपटकलाई पर्यटक आउनसक्छ, तर ऊ फर्केर नआउने र साथीभाइलाई पनि नजान सल्लाह दिने उनको चिन्ता छ ।
पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल कर्णाली प्रदेशको राजधानीका पर्यटकीय स्थल हेरुँ–हेरुँ लाग्ने बनाउनुपर्ने बताउँछन् ।
‘राजधानीका पर्यटकीय स्थलमा पर्याप्त पूर्वाधार छैन । सबैभन्दा पहिले यहाँका पर्यटकीय स्थलको स्तरन्नोति र पूर्वाधारको विकास गर्न तीनै तहका सरकारको ध्यान जानुपर्छ,’ उनले भने, ‘राजधानीका पर्यटकीय स्थलहरूको अवस्था कमजोर भएको खण्डमा अन्य जिल्लाको अवस्था के होला भनेर पर्यटक नजाने सम्भावना हुन्छ ।’
यता, प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गत वर्ष कर्मचारी अभाव भएको र बजेटलाई पूर्णरूपमा कार्यान्वयन गर्न नसकिएका कारण पूर्वाधारको विकास गर्न नसकिएको बताउँछन् ।
चालू आर्थिक वर्षमा बजेट पर्यटकीय क्षेत्रमा विनियोजन गरी कार्यान्वयनमा लगिएको उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल आफ्नो कार्यकालभरी सबै संरचना निर्माण गरिसक्ने दाबी गर्छिन् ।
‘मंगलगढी काँक्रेविहार सडक निर्माण र मन्दिर निर्माण गर्ने मुख्य काम हो,’ उनी भन्छिन्, ‘त्यसपछि अन्य संरचना बनाउने गरी हामी योजना बनाउँछौं ।’
पर्यटकहरूको मागलाई ध्यानमा राखेर नेपाल भ्रमण वर्षको शुरूवात हुनुअघि नै काँक्रेबिहारमा केही कुर्सी तथा बेञ्च राख्न सकिने उनको भनाइ छ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...