×

NMB BANK
NIC ASIA

बेलायतबाट पहिलो महिला राजदूत भन्छिन् : बिहान ७ बजेसम्म आमा हुन्छु, ८ बजेदेखि राजदूत

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 २० वर्षअघि ग्य्राजुएसन पढाइ पूरा गरेपछि निकोला पोल्लिट साथीभाइसँगै लन्डनबाट काठमाडौं आएकी थिइन् । नेपालका गाउँघर बुझ्न र प्रकृतिमा रमाउन आएकी उनी सिधै अन्नपूर्णको १७ दिने पदयात्रामा पुगिन् । थोराङ्ला–पास नाघेपछिको दृश्यले उनी मोहित बनिन् । र, साथीभाइबीच आफ्नो चाहना व्यक्त गरिन्, ‘कुनै दिन मौका पाए म फेरि यही भूगोलमा आउनेछु ।’

Muktinath Bank

उनै निकोला अहिले काठमाडौं फर्केकी छन् तर विद्यार्थी वा पदयात्रीका रूपमा होइन, नेपाल र बेलायतबीचको दुई सयवर्षे कूटनीतिक इतिहासमा पहिलो महिला राजदूत बनेर । बिहीबार अपराह्न लैनचौरस्थित बेलायती दूतावासमा भेटिएकी उनले आफ्नै लवजमा नेपालीमा भनिन्, ‘फेरि नेपाल आउन पाएकामा तपाईंले सोचेभन्दा बढी खुसी छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नै रुचिमा नेपाल पोस्टिङ छानेर आएको उनले बताइन् । ‘मसहित पाँच जना कूटनीतिक कर्मचारीले नेपाल पोस्टिङ चाहेका थिए तर अन्तर्वार्तामा म छानिएँ,’ उनले भनिन्, ‘१८ महिनाअघि म नेपाल आउने टुंगो भएको थियो । त्यसपछिको १० महिना नेपाली भाषा सिक्नमा खर्चिएँ । आज नेपालीमा कुरा गर्न सक्छु, नेपालीलाई अझ नजिकबाट बुझ्न सक्छु भन्ने लागेको छ ।’


Advertisment
Nabil box
Kumari

उनले नेपाल आउनुअघि स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (सोआस) सम्बद्ध कृष्ण प्रधान (‘कम्प्लिट नेपाली’ पुस्तकका सहलेखक) सँग सुरुवातका केही महिना नेपाली अक्षर सिकेकी थिइन् । पछिल्ला ६ महिना काठमाडौंमा रहेका नेपाली भाषाका गुरुहरू कपिल गौतम तथा पवित्रा पौड्यालसँग स्काइपबाट नेपाली बोल्न सिकेकी थिइन् । उनी नेपालीमा थोरैतिनो लेख्न र पढ्न सक्छिन् भने बोलचालमा राम्रै दक्खल राख्छिन् ।

Vianet communication
Laxmi Bank

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन बुधबार शीतलनिवास पुगेकी उनले आफ्नो नियुक्तिबारे नेपाली भाषामा ट्वीट गर्दै धेरै फलोवरको ध्यान तानेकी थिइन् । ‘मैले राष्ट्रपतिसमक्ष नेपाली महिलाको अवस्था, शिक्षा–साक्षरताबारे केहीबेर कुरा गरें,’ उनले थपिन्, ‘म आफ्नो तीनवर्षे कार्यकालमा बेलायती सहयोग नियोगमार्फत नेपाली महिलाको सामाजिक र आर्थिक स्तरोन्नतिबारे केही योजना ल्याउन चाहन्छु ।’

दुई साताअघि मात्रै काठमाडौं उत्रिएकी निकोलाले छाउपडी प्रथाका कारण हालसालै पश्चिम नेपालमा केही महिलाको मृत्यु भएको र सरकारले यसलाई गैरकानुनी भने पनि कुसंस्कार हट्न नसकेको समाचारले मन छोएको बताइन् । छाउपडी प्रथा उन्मूलनका लागि केही काम गर्न सकिन्छ कि भनेर सोचाइ बनाइरहेको उनले बताइन् । ‘महिनावारी बार्ने डरलाग्दो कुरीति नेपालमा रहेछ । आजको युगमा यसरी पनि महिला मरिरहेका रहेछन् । बेलायत सहयोग नियोगको कार्यक्रममार्फत छाउपडीविरुद्ध कार्यक्रम ल्याउन म चाहन्छु । म व्यक्तिगत रूपमा पनि त्यही क्षेत्रमा गएर सकेको सहयोग गर्न चाहन्छु,’ उनले थपिन् ।

सन् २००३ मा बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी ३ वर्ष नर्वे र १८ महिना अफगानिस्तानमा कूटनीतिक कर्मचारीका रूपमा कार्यरत थिइन् । ‘नेपाल–बेलायत कूटनीतिक सम्बन्धको दुई शताब्दी लामो इतिहासमा तपाईंलाई नेपालका लागि पहिलो बेलायती महिला राजदूत भन्दा अचम्म लाग्दैन ?’ प्रश्न झर्न नपाउँदै उनले भनिन्, ‘हो, म पनि अचम्म मानिरहेकी छु । बेलायतमा महिलालाई पुरुषसरह हक–अधिकार छ तर नेपालका लागि म पहिलो महिला राजदूत भएर आएकी रहेछु । खुसी लागेको छ ।’ बर्लिन, पेरिस, न्युयोर्कजस्ता महत्त्वपूर्ण नियोगहरूमा बेलायतबाट अझैसम्म महिला राजदूतको प्रतिनिधित्व हुन नसकेको उनले जानकारी दिइन् ।

निकोला दुई छोराछोरीकी आमासमेत हुन् । अझ काखको छोरो त एक वर्षको मात्रै छ । ‘यो कूटनीतिक जिम्मेवारी एउटी आमाका लागि कत्तिको मुस्किल छ ?’ यो प्रश्नमा उनी अलिक भिन्न देखिइन् । भित्र कोठामा छोरा सुतिरहेको संकेत गर्दै भनिन्, ‘हो, धेरै संघर्ष गर्नुपर्छ आमा भएर । म बिहान ७ बजेसम्म आमा हुन्छु, ८ बजेदेखि राजदूत ।’

उनी आफ्ना श्रीमान् मार्कको नाम बीचबीचमा लिइरहेकी थिइन् । ‘मेरा श्रीमान्ले छोराछोरी हेरेर मलाई सहयोग गर्नुहुन्छ, नत्र मलाई मुस्किल पर्ने थियो,’ उनी भन्छिन्, ‘यसरी नेपाल आउन पाउनु मेरा बच्चाहरूका लागि अत्यन्त रोचक अवसर हो । उनीहरूका नयाँ साथी हुनेछन्, नयाँ भाषा सिक्नेछन् । खानपिन र अरू कुरा पनि नयाँ नयाँ छन् । यो सिकाइ र बुझाइको राम्रो अवसर हो ।’

लामो कुराकानीको अन्त्यमा बिहीबार साँझ राजदूत निकोला ‘आमा निकोला’ बन्ने समय आइसकेको थियो । ‘तपाईंले नारीवादलाई कसरी बुझ्नुभएको छ ? के तपाईं नारीवादी हो ?’ यो जिज्ञासा सुन्नासाथ उनी जोडले हाँसिन् र भनिन्, ‘म नारीवादी हुँ तर पुरुषविरोधी होइन । किनभने मेरो श्रीमान्ले मलाई छोराछोरी हेरेर काममा पालो दिनुभएको छ । हामी मिलेर घरभित्र र बाहिर सम्हाल्छौं ।’ उनका बुझाइमा, महिलाको हक–अधिकारबारे कुरा गर्नु र अधिकार खोज्नु एकदमै स्वाभाविक कुरा हो । ‘हक–अधिकारका कुरामा म नारीवादी हुँ तर हरेक पक्षमा पुरुषको विरोध गर्ने कुरामा सहमत छैन,’ उनले थपिन्, ‘महिला–पुरुष मिलेर मात्रै घर चल्छ, त्यहीअनुसार समाज पनि चल्छ ।’

निकोलाका अनुसार बेलायतमा महिला हक–अधिकारका हकमा कानुनत: समानता छ । नेपालमा जस्तो कुनै प्रकारको तोकिएको ‘आरक्षण’ भने छैन । ‘उदाहरणका लागि मेरो विदेश विभागमा अधिकांश उच्च अधिकारी महिला छन् । विदेश सेवाअन्तर्गत ५० जति राजदूत, कन्सुलर जनरल होलान्,’ उनी भन्छिन्, ‘हक–अधिकारमा समानता भए पनि पुरुषसँगको प्रतिस्पर्धा त रहन्छ नै ।’

उनका श्रीमान् मार्क पनि नेपाल र नेपालीबारे केही जानकार रहेछन् । ‘मेरा श्रीमान् ब्रिटिस गोर्खा वेलफेयरसँग सम्बद्ध पूर्वसैनिक हुनुहुन्छ । ४ वर्षअघि नेपालमा भूकम्प गएपछि उद्धार समन्वयका लागि बेलायती सेनासँगै उहाँ पनि नेपाल आएर दुई महिनाजति बस्नुभएको थियो,’ उनले सुनाइन्, ‘मजस्तै उहाँ पनि नेपालका हिमाल, पहाड र तराई घुम्न आतुर हुनुहुन्छ ।’

प्रस्तावित राजदूत भएकै बेला निकोला गत दसैंमा तीन साताका लागि नेपाल आएकी रहिछन् । त्यसबेला पोखरा, गोर्खा, लुम्बिनी, धरान, भेडेटार घुमघाममा उनी पुगेकी रहिछन् । ‘नेपाली भाषा राम्रोसँग अभ्यास गर्नका लागि म मौका पाउनासाथ नेपाल आएकी थिएँ, त्यसबेला गोर्खा दरबारमा भइरहेको दसैंपूजासमेत हेर्न पाएकी थिएँ,’ उनले सुनाइन्, ‘जे–जति नेपाली गाउँठाउँ घुम्न पायो, उति नेपाली बोल्न पाइने भएकाले भाषा सिक्नका लागि म हत्ते गर्दै आएकी थिएँ ।’

उनको बुझाइमा नेपाल–बेलायत सम्बन्धमा गोर्खा सैनिकको महत्त्वपूर्ण स्थान छ । बेलायत सरकारले नेपालको विकास कार्यक्रमका लागि दिँदै आएको साथ–सहयोगको निरन्तरतामा उनी ढुक्क थिइन् । आगामी अप्रिलमा काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय तहको सगरमाथा संवादमा बेलायतबाट उच्च तहको सरकारी प्रतिनिधित्व हुने संकेत पाइसकेको बताउँदै उनले थपिन्, ‘यसपटक नेपालले बहसमा राखेको जलवायु परिवर्तनको विषय हाम्रा लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x