माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दक्षिण एसियाको गरीबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५ औं वार्षिकोत्सव मनाउँदैछ ।
सन् १९८५ डिसेम्बर ७ र ८ मा बंगलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको यात्रा शुरू भएको हो ।
सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्र/सरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव, बंगलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भूटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम, पाकिस्तानका राष्ट्रपति जियाउल हक र श्रीलंकाका राष्ट्रपति जुलियस रिचर्ड जयवद्र्धने थिए ।
आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एसियाका ८ मुलुकको साझा संगठनले यहाँका करीब २ अर्ब जनताको समृद्धिको सपना साकार पार्ने प्रयास गर्दै आएको छ । सार्कमा अफगानिस्तान, बंगलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य छन् । सार्कको कान्छो सदस्य अफगानिस्तान सन् २००७ अप्रिलबाट सार्कको आठौं सदस्य राष्ट्र बनेको हो ।
दक्षिण एशियाको समृद्धि र यस भेगका गरीब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य मुलुकका द्विपक्षीय विषयका कारण अपेक्षित गति भने लिन सकेको देखिँदैन । आर्थिक एवं सामाजिक क्षेत्रमा केन्द्रित सार्कले लक्षित उद्देश्य हासिल गर्ने इमान्दार प्रयत्न भने नगरेको होइन । सार्क बीउबिजन र खाद्यान्न भण्डार, सार्क प्रवेशाज्ञा, दक्षिण एशियाली विश्वविद्यालय लगायत पारस्परिक सहयोग अभिवृद्धिका लागि संयन्त्र निर्माणलाई सकारात्मक मान्नुपर्छ ।
मानव संसाधन विकास तथा पर्यटन, कृषि तथा ग्रामीण विकास, वातावरण, प्राकृतिक विपत्ति र जैविक प्रविधि, अर्थ, व्यापार, वित्त, सूचना तथा सञ्चार प्रविधि एवं गरिबी निवारण, ऊर्जा, यातायात, विज्ञान तथा प्रविधिका साथै शिक्षा, सुरक्षा र संस्कृति सहयोगका क्षेत्रमा सार्कले काम गरिरहेको छ । क्षेत्रीय सहयोग प्रवद्र्धन र सदृढीकरणका लागि सार्कमा विषयगत क्षेत्रीय केन्द्रहरु कृषि केन्द्र (ढाका), ऊर्जा केन्द्र (इस्लामावाद), सांस्कृतिक केन्द्र (कोलम्बो), क्षयरोग तथा एचआईभी/एड्स केन्द्र (काठमाडौं), विपद् व्यवस्थापन केन्द्र (नयाँदिल्ली) स्थापना गरिएका छन् ।
पैतिसौं वार्षिकोत्सवका अवसरमा शुभकामना
सार्क बडापत्रमा हस्ताक्षर भएको र सार्क स्थापना भएको ३५ औं वार्षिकोत्सवका अवसरमा बंगलादेशका परराष्ट्रन्त्री डा. एके अब्दुल मोमेनले बंगलादेश सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सार्क शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत सार्कले स्थापनाको ३ दशकभन्दा लामो उतारचढाव यात्रामा आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् । यद्यपि अपेक्षा र सम्भावनाको स्तरमा भने उक्त उपलब्धि न्यून रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री मोमेनले सार्क सदस्य राष्ट्रहरूको आपसी सहयोग, सम्मान र प्रतिबद्धताले इच्छित उद्देश्य हासिल हुने दृढ विश्वास व्यक्त गरेका छन् ।
यसैगरी सार्कका महासचिव अमजद हुसैन बी सियालले शुभकामना सन्देशमार्फत यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउने स्थापित सार्क प्राथमिकताका सहयोगका क्षेत्र प्रवद्र्धन गर्न स्थिर प्रगतिमा रहेको उल्लेख गरेका छन् । विभिन्न सम्झौतामार्फत यस क्षेत्रमा आर्थिक, क्षेत्रीय र जनस्तरमा सम्बन्ध विस्तार गर्ने उद्देश्यमा उपलब्धि हासिल भएको उनले उल्लेख गरेका छन् ।
सार्क बडापत्रले सार्कका जनताको कल्याण अभिवृद्धि र उनीहरूको जीवनस्तरमा सुधार, तीव्र आर्थिक वृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक विकासको गति तीव्र पारी सम्मानपूर्वक जीवनयापनसहितको सदस्य देशको सामूहिक आत्मनिर्भरतालाई संवद्र्धन र विस्तार गर्ने उद्देश्य लिएकोे छ । पारस्परिक विश्वास र समझदारी बढाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूको सक्रिय सहयोगलाई अभिवृद्धि गरी अन्य विकासशील देशहरूको सहयोगलाई दरिलो पार्दै साझा लक्ष्य भएका अन्य अन्तर्रा्ष्ट्रिय संस्थाको सम्बन्ध जोड्ने कामलाई पनि बडापत्रले प्राथमिकता दिएको छ ।
उन्नाइसौं शिखर सम्मेलन अन्योलमा
विक्रम संवत् २०७१ मंसिर १० र ११ गते काठमाडौंमा आयोजना भएको सार्कको १८ औं शिखर सम्मेलनमा सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको थियो । भारत र पाकिस्तानबीचको आपसी मनमुटावका कारण १९ औं शिखर सम्मेलन अझै हुने निश्चित भइसकेको छैन । शिखर सम्मेलन आयोजनामा विलम्ब भएपनि मन्त्रिस्तरीय बैठक भने भइरहेका छन् । बडापत्रको धारा ३ मा राष्ट्र/सरकार प्रमुखको बैठक वर्षमा एकपटक वा सदस्य राष्ट्रहरुले आवश्यक ठानेमा यसभन्दा बढी पटक बस्ने उल्लेख छ ।
सार्कका सदस्य देशहरू आपसी विवादमा नपरी द्विपक्षीय मामिला तथा विवादास्पद र राजनीतिक मामिलाबाट अलग रहने भन्ने यसको बडापत्रमा उल्लेख छ । साथै सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखबीच हुने शिखर सम्मेलनमा पनि कुनै राष्ट्रले भाग नलिए त्यस्तो सम्मेलन हुन नसक्ने व्यवस्था बडापत्रमा उल्लेख छ ।
यी संवैधानिक कमजोरीका कारण सार्क शिखर सम्मेलन सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुसँगै भेला हुने एक औपचारिक समारोहमात्र बन्न पुगेको भनेर आलोचना गर्नेहरू पनि नभएका होइनन् ।
यसका बाबजुद सार्कको दक्षिण एसियाली पहिचानलाई शीर्ष नेताको ‘रिट्रिट’ले आपसी मनोमालिन्य र कटुतालाई मैत्रीमा परिणत गर्ने गरेको छ भने विपद्का बेला आपत्कालीन सहयोग गर्ने परम्परा पनि बढेको छ । बितेका ३४ वर्षमा सार्कले सुखदुःखका बेला सदस्य राष्ट्रलाई एकअर्कालाई नजीकमात्र ल्याएन कृषि, लगानी, व्यापार, यातायात, सञ्चार र जनस्तरको सम्पर्क विस्तारको क्षेत्रमा सह्रानीय काम पनि गरेको छ ।
सार्क सम्मेलन कहिले कहाँ ?
सार्कको पहिलो शिखर सम्मेलन ७–८ डिसेम्बर १९८५ मा बंगलादेशको ढाकामा, दोस्रो १६–१७ नोभेम्बर १९८६ मा भारतको बेंग्लोरमा, तेस्रो २–४ नोभेम्बर १९८७ मा नेपालको काठमाडौंमा, चौथो २९–३१ डिसेम्बर १९८८ मा पाकिस्तानको इस्लामावादमा, पाँचौं २१–२३ नोभेम्बर १९९० मा माल्दिभ्सको मालेमा, छैटौं २१ डिसेम्बर १९९१ मा श्रीलंकाको कोलम्बोमा, सातौं १०–११ अप्रिल १९९३ मा बंगलादेशको ढाकामा, आठौं २–४ मे १९९५ मा भारतको नयाँ दिल्लीमा र नवौं १२–१४ मे १९९७ मा माल्दिभ्सको मालेमा सम्पन्न भएको थियो ।
यसैगरी सार्कको दशौं शिखर सम्मेलन २९–३१ जुलाई १९९८ मा श्रीलंकाको कोलम्बोमा, एघारौं ४–६ जनवरी २००२ मा नेपालको काठमाडौंमा, बाह्रौं २–६ जनवरी २००४ पाकिस्तानको इस्लामावादमा, तेह्रौं १२–१३ नोभेम्बर २००५ मा बंगलादेशको ढाकामा, चौधौं ३–४ अप्रिल २००७ मा भारतको नयाँदिल्लीमा, पन्ध्रौं १–३ अगस्त २००८ मा श्रीलंकाको कोलम्बोमा, सोह्रौं २८–२९ अप्रिल २०१० मा भूटानको थिम्पूमा, सत्रौं १०–११ नोभेम्बर २०११ मा माल्दिभ्सको अड्डुमा र अठारौं २६–२७ नोभेम्बर २०१४ मा नेपालको काठमाडौंमा सम्पन्न भएको थियो । – भीष्मराज ओझा/रासस
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...