×

NMB BANK
NIC ASIA

उपचार खर्च अभावमा अस्पतालमा छट्पटाउँदै ‘हिमचितुवा’ !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
आइसियुमा आङरिता

काठमाडौं, २८ चैत – दशपटकसम्म विना अक्सिजन सगरमाथा चढ्ने व्यक्तिका रूपमा विश्व कीर्तिमान राखेका आङरिता शेर्पा अहिले काठमाडौंको न्यूरो अस्पतालको आईसीयूमा विगत ६ दिनदेखि शिथिल अवस्थामा रहेका छन् । हिमचितुवाको रूपमा परिचित आङरिताको अवस्था स्थिर रहेको छ । उपचार खर्च अभावमा उनका परिवार  सहयोगका लागि हारगुहार गर्दैछन् ।

आङरिताले सन् १९८३ देखि सन् १९९६ भित्रमा विना अक्सिजन सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका थिए । ७० वर्षीय आङरिता गत बुधवार छोरी डोल्माको घरमा खाना खाँदै गर्दा अचानक बिरामी परेपछि छोरीले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा पु–याएकी थिइन् ।

प्रेसरका बिरामी आङरितालाई मेडिकल कलेजका चिकित्सकहरूले गम्भीर बिरामी भन्दै सीटी स्क्यान गरेर हेरेका थिए । ब्रेनमा खराबी देखिएपछि उनलाई बुधवार नै बाँसवारीस्थित न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।
सगरमाथामा भरियाको रूपमा काम गर्ने उनका कान्छा छोरा फुनरु शेर्पाको केही समय पहिले बेसक्याम्पबाट फर्किंदै गर्दा हिउँमा चिप्लेर खुट्टा भाँच्चिएको थियो । उनलाई उपचारका लागि काठमाडौं ल्याएर जोरपाटीको अपाङ्ग अस्पतालमा भर्ना गरिएको छ ।

कान्छा छोरा फुनरुको त्यो अवस्था देखेर आङरिता निकै तनावमा रहेको उनकी छोरी डोल्माले सुनाइन् । पहिलादेखि प्रेसरको बिरामी उनी छोराको खुट्टा भाँचिएपछि थप तनावमा थिए । तनावका कारण पनि त्यस्तो अवस्था आएको हुनसक्ने छोरी डोल्माले बताइन् ।

न्यूरो अस्पतालमा ल्याएपछि उनको स्वास्थ्य स्थिति गम्भीर भएका कारण आईसीयूमा राखेर उपचार गरिएको हो । मस्तिष्कको थलामस भन्ने भागमा प्रेसरका कारण नसा फुटेर रगत जम्मा भएको न्यूरो अस्पतालका रजिष्ट्रार डा.सुवास लोहनीले लोकान्तरलाई जानकारी दिए ।

मस्तिष्कभित्र हुने पानीको थैलीमा रगत पसेका कारण आङरिताको हातखुट्टा चल्नमा सामान्य असर परेको डा. लोहनीले बताए ।
आइसियुमा रहेका आङरितालाई भेट्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पा

देब्रेपट्टिको मस्तिष्कको हातखुट्टा चल्नेभागमा रगत नपसेका कारण हातखुट्टा चल्नै नसक्ने अवस्था भने नरहेको डा. लोहनीले बताए । ‘आङरिताको चेतनाको स्थिति सामान्य नै छ अहिलेसम्म, हामीले बोलाउँदा बोल्न खोज्ने र आफन्त चिन्नसक्ने अवस्था रहेको छ । त्यसैले आत्तिनुपर्ने स्थिति छैन,’ डा. लोहनीले भने । ‘आङरिताको स्वास्थ्य हेरेर अहिले नै हामीले अपरेसन गर्ने सोच बनाएका छैनौं ।’

अस्पताल भर्ना भएको दिनभन्दा अहिले सुधार भइरहेको र उनलाई थप महिनादिन जति अस्पतालमा राखेर उपचार गर्नुपर्ने डा. लोहनीले बताए । उनको प्रेसर निकै उच्च रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।
कार्डियालोजीका चिकित्सकले पनि शेर्पाको स्वास्थ्य अवस्थाबारे हेरिरहेको डा. लोहनीले जानकारी दिए ।
१७ वर्षअघि पनि टीबी रोगका कारण आङरिता गम्भीर बिरामी भएका थिए । त्यतिबेला उनको उपचार खर्च तत्कालीन राजा वीरेन्द्रले उपलब्ध गराइदिएका थिए ।

बुधवारदेखि न्यूरो अस्पतालमा भर्ना गरेको सोमवारसम्म ६ दिन भइसक्यो । आर्थिक अवस्था कमजोर रहेका आङरिताको परिवार अहिले अस्पताल उपचार गर्दा लाग्ने शूल्क तिर्न सक्ने अवस्थामा नरहेको परिवारका सदस्यहरू बताउँछन् ।

पाँचदिनसम्म बुबालाई आईसीयूमा राख्दा आफूसँग भएको दुई लाख रुपैयाँ सकिसकेको उनकी छोरी डोल्माले बताइन् । ‘बुवालाई अस्पतालमा थप कति दिन राख्नुपर्ने हो, थाहा छैन । उहाँको उपचारका लागि भएको पैसा सकिसक्यो अस्पतालले डिपोजिट रकम जम्मा गर्नु भनेर भनेको छ, बाँकी पैसा तिर्ने अवस्था नै अहिले छैन,’ छोरी डोल्माले भनिन् ।
छोरी डोल्माले नेपाल पर्वतारोहण संघमा आर्थिक सहयोगका लागि लेखिएको पत्र


त्यसैले हारगुहारको लागि नेपाल पर्वतारोहण संघ लगायतका पर्वतारोहण सम्बन्धी संघसंस्थासँग सहयोगको लागि अपिल गरेकी छिन् ।
छोरी डोल्माले सरकारी अधिकारी लगायत पर्यटनमन्त्रीलाई पनि जानकारी गराएकी थिइन् । ‘अहिलेसम्म कसैले पनि सहयोग त परको कुरा हेर्न र कस्तो छ भनेर समेत बुझ्न आएको छैनन्,’ उनले भनिन् ।
आङरिताको स्वास्थ्य उपचारको लागि सहयोग खोज्दै हिँडेको पेम्बा शेर्पा उपचारमा सरकारी अधिकारीले कुनै उत्सुकता नदेखाएपछि निराश भएका छन् ।
आङरिता

‘दशपटकसम्म विना अक्सिजन सगरमाथा चढेर देशको नाम उच्च राख्ने आङरिता शेर्पा आज आईसीयूमा भर्ना भएर थालेको पाँच दिन भइसक्यो तर कसैले वास्ता गरेका छैनन्,’ पेम्बाले भने ।
पटक–पटक पर्यटन मन्त्रालयका अधिकारीलाई जानकारी गराइसके पनि कसैले वास्ता नगरेको पेम्बाले बताए । नेतालाई उपचारको लागी लाखौं पैसा तुरुन्तै छुट्ट्याउन सक्ने सरकारले देशको सम्मानका रूपमा रहेका आङरिताको उपचारमा सरकारको उदासीनता लाजमर्दो  भएको पेम्बाले बताए ।
‘आङरिताको नाम बेचेर सम्मान कमाउने सरकारले आज जीवन र मृत्युको अवस्थामा रहँदा समेत हेरेन,’ पेम्बाले गुनासो गरे ।

आङरिताको परिवारलाई नेपाल पर्वतारोहण संघले सहयोगका लागि केही रकम दिन लागेको अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

हेर्न आउँछु भनेका मन्त्रीको मोबाइल स्विच अफ !

आङरितालाई आइसियूमा राखेर उपचार खर्च परिवारले पु–याउन नसकेपछि पेम्बा सहयोग खोज्दै मन्त्रालय धाइरहेका छन् । आइतवार पेम्बाले पर्यटन मन्त्रालयका अधिकारीसँग कुरा गरेर आङरिता आईसीयूमा रहेको पाँचदिन भइसकेको र उपचार खर्च नभएको अवस्था जानकारी गराएका थिए ।

पर्यटन राज्यमन्त्री परशुराम तामाङ आइतवार साँझ न्यूरो अस्पताल आउने भनेर जानकारी गराइएको थियो । आफूहरूको सुनुवाई हुने भयो भनेर आङरिताका परिवार र आफन्त उत्साहित भएका थिए । साँझ पाँच बजे अस्पताल आइपुग्छु भनेर मन्त्री आएनन् । अस्पतालमा आफन्त कुर्दाकुर्दै निराश भएका थिए ।

‘मन्त्रीसँग फोनमा कुरा भएको हो र वहाँ आउँछु भनेर भन्नुभएको थियो । तर एकघण्टासम्म हामीले कु–यौं तर मन्त्री आउनुभएन । पछि सम्पर्क गर्न खोज्दा मन्त्रीज्यूको मोबाइल समेत स्विच अफ भयो ।’
 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x