Nerolac and Nepal life

सम–सामयिक

अमेरिकालार्इ चुनाैती दिने अहमदिनेजाद इरानको भावी राष्ट्रपतिको लागि अयोग्य !


तेहरान, ८ वैशाख – संविधानका संरक्षकको परिषद्को नामले चिनिले इरानको माथिल्लो सदनले राष्ट्रपतिका छ जना उम्मेदवारको नामावली स्विकृत गरेको छ ।

पूर्वराष्ट्रपति मोहम्मद अहमदिनेजादको नाम भने बिहीबार अनुमोदन गरिएको नामावलीमा राखिएको छैन । उनलाई राष्ट्रपतिको उम्मेदवारका लागि अयोग्य ठह-याइएको छ ।

अनुमोदन गरिएको उम्मेदवारको नामावलीमा वर्तमान राष्ट्रपति हसन रौहनी, तेहरानका मेयर मोहम्मद बाक्वेर क्वालिबाफ, इब्राहिम रैसी, इमाम रेजा, अयोतुल्लाह अली खमेनै र पूर्वउपराष्ट्रपति मोस्ताफा हासेमिताबाको नाम रहेको छ ।

माथिल्लो सदनबाट योग्य ठहरीएका उम्मेदबारहरुले अव निर्वाचनका लागि आफ्नो प्रचारप्रसार सुरु गर्न सक्दछन् । आउदो मे १९का दिन मतदान हुने भएकाले १८ मे को विहान ०८ बजेसम्म मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाइएने भएको छ ।
शुक्रवार, बैशाख ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell