सुशासन

संबैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन


काठमाडौं, ५ असार - प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संबैधानिक परिषद्काे बैठक प्रधानन्यायाधीको सिफारिस नगरि टुंगिएको छ ।

संबैधानिक परिषद्को बैठक  असार १५ गते बस्ने गरि स्थगित भएको छ । संबैधानिक निकाय र प्रधानन्यायाधीशको सिफारिस संबैधानिक परिषद्ले गर्ने व्यवस्था छ । न्याय परिषद्को रोष्टरको आधारमा संबैधानिक परिषद्ले प्रधानन्यायाधीशको सिफारिस गर्ने व्यवस्था रहेको छ ।


न्यायपरिषदले गाेपाल पराजुली सहित ६ जनाको  नाम संबैधानिक परिषद्मा सफारिस गरेको छ । संबैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेता सदस्य रहने व्यवस्था रहेको छ ।




न्यायालयको इतिहासमा अहिले सम्म बरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउँदै आएको परम्परा रहेको छ । बरिष्ठतामा पराजुली एक नम्बरमा रहेका छन् ।

आजको बैठकमा छोटो सूचना र जानकारी बिना आफूलाई बोलाइएको तर आफू चुनावी कार्यक्रममा व्यस्त भएको भन्दै एमाले अध्यक्ष केपी ओली बैठकबाट चाँडै बाहिरिएपछि बैठकले प्रधानन्यायाधीशको निर्णय गर्न नसकेको स्रोतले बताएको छ ।

बाहिर प्रचार गरिएजस्तो एमालेले पराजुलीको विरोध नगरेको ओली निकट स्रोतले जनाएको छ ।

नछुटाउनुहोस् यी दुई समाचार-

‘सुशीला कार्कीको निर्णय गैरकानूनी, त्रुटिपूर्ण’, पराजुली ११ महिना प्रन्या हुने

गोपाल पराजुली कामु प्रधानन्यायाधीश, कति हुनेछ उनको कार्यकाल ?

असार ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस