Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

सम–सामयिक

एनसेलद्वारा उत्कृष्ट १६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं, ५ असार –नेपालको दोस्रो ठूलो दूरसंचार कम्पनी एनसेलले उत्कृष्ट १६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच एनसेलले इन्जिनियरिङ कलेज, पुल्चोकमा अध्ययनरत् १६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

कलेजसँगको सहकार्यमा एनसेलले इन्जिनियरिङ विधा अन्तर्गत विभिन्न विषयमा उत्कृष्ट विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

५ वर्षसम्म उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम अनुरुप एनसेलले यसपटक चौथोपटक सोमवार छात्रवृत्ति प्रदान गरेको हो ।

एनसेल छात्रवृत्ति अवार्ड पाउनेहरूमा अदिती गजुरेल, जयश्री राठी, सारांश डोटेल, सलोनी शिखा, अभिशेक सापकोटा, र सेलिना श्रेष्ठ छन् । त्यस्तै, प्रकृति दुमारु, श्रीकी श्रेष्ठ, विवेक राई, सुजत ढुंगाना र बृहतरत्न बज्राचार्यले पनि एनसेलको उत्कृष्ठ छात्रवृत्ति अवार्ड पाए ।

रामप्रसाद ज्ञवाली, प्रतिक भण्डारी, महेन्द्रसिंह थापा र श्लेसा अधिकारीले भने एनसेल उत्कृष्ट अवार्ड पाउन सफल भए । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell