shivam
Nerolac and Nepal life

सम–सामयिक

मेट्रो रेल निर्माणका लागि के भइरहेको छ ? यसो भन्छन् विद्यासुन्दर


काठमाडौँ, २८ साउन काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालभित्र मेट्रो रेल निर्माण गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । bidya-sundar-shakya
महिला बौद्ध समूहले आज आयोजना गरेको कार्यक्रममा उनले महानगर क्षेत्रभित्र मेट्रो रेलका लागि उपयुक्त स्थानको खोजी तथा सम्भाव्यताको अध्ययन भइरहेको बताए ।
महानगर क्षेत्रमा विस्तार गर्न लागिएको सडक तथा बढ्दो सवारी चापका कारण अहिले धुवाँ, धुलो तथा ढलको समस्या रहेको बताउँदै उनले मेलम्ची खानेपानी आयोजना चाँडो पूरा गरी ती समस्या समाधान गरिने जानकारी दिए ।

अन्तर्राष्ट्रिय युवा भिक्षु महासंघका उपाध्यक्ष भिक्षु तपस्सी धम्मले भूकम्पका कारण महानगरभित्र रहेका प्राचीन महत्वका सम्पदा स्थल जीर्ण बन्दै गएको र तीनको छिटो संरक्षण गर्न आग्रह गरिन् ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला सशक्तीकरण नभइकन सामाजिक रुपान्तरण असम्भव रहेको बताउँदै स्थानीय विकास निर्माणमा सम्बन्धित वडालाई सक्रिय बनाउने गरी गृहकार्य भइरहेको बताइन् ।
शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota