shivam
Nerolac and Nepal life

सम–सामयिक

तीन बालबालिकाको मृत्यु प्रकरण : अरुण गाउँपालिका कार्यालय तोडफोड, झण्डासमेत जलाउने प्रयास



भोजपुर, २८ साउन - तीन बालबालिका मृत्यु भएको घटनाको रहस्य पत्ता नलागेको भन्दै अरुण गाउँपालिका–३, प्याउलीका स्थानीयले कार्यालय तोडफोड गरेका छन् । hatya

बिहीबारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका उनीहरुले अरुण गाउँपालिकाको कार्यालय खोलेको भन्दै आज तोेडफोड तथा राष्ट्रिय झण्डासमेत जलाउने प्रयास गरेका हुन् । त्यस्तै, उनीहरुले भोजपुर–धरान मुख्य राजमार्गमा समेत चक्काजाम र रुखहरु ढालेर सडक अवरुद्ध गरेका छन् ।

उनीहरुले अरुण गाउँपालिकाभित्रका सबै कार्यालय, होटल, पसलसमेत ठप्प पारेका छन् । पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायत माग राखी आन्दोलनमा उत्रिएको स्थानीय इन्द्र फुँयालले बताए ।

यता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको अनुसन्धान गरी फर्किसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित र चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा तथा आठ वर्षीय छोरा प्रदीप म¥याङडाँडाको पोखरीमा केही साता अघि मृत अवस्थामा भेटिएका थिए । शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota