shivam
Nerolac and Nepal life

सम–सामयिक

बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, उद्दारका लागि ८ हजार ३०० सुरक्षाकर्मी फिल्डमा

काठमाडौं, २९  साउन — अविरल वर्षाका कारण आएको वाढी तथा पहिरोका कारण हालसम्म ३३ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

बाढी पहिरोबाट हालसम्म मुलुकका ११ जिल्लाहरुः पाँचथर ४, सिन्धुली ४, झापा ४, मोरङ ३, सुनसरी ७, सर्लाही २, बारा २, दाङ् १, बाँके ४, मकवानपुर १, र पाल्पा १ गरी जम्मा ३३ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले शनिबार अबेर जानकारी दिए । badhi

उनका अनुसार अरु ४ जना वेपत्ता, र केही मानिसहरु घाइते भएका छन् ।  मन्त्रालयले बाढी पहिरोबाट मुलुकका विभिन्न १५ भन्दा वढी जिल्लाहरु प्रभावित भएको जनाएको छ।

मन्त्रालयले यस्तो कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आआफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा अपिल गरेको छ ।

खोज तथा उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको मन्त्रालयको भनाई छ । यस्तै गृह प्रशासनले नेपाल सरकारका सबै निकायहरुबीच आवश्यक समन्वय पनि गरिरहेको छ ।

डुवानका कारणले कतिपय स्थानहरुमा मानिसहरु अलपत्र परेको जानकारी आएको र जोखिममा रहेका नागरिकहरुको खोज तथा उद्दार कार्य तिव्रताका साथ भइरहेको काफ्लेले जनाए ।

हाल नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारकालागि फिल्डमा खटिएका छन् ।

खोज तथा उद्दारका लागि हेलीकप्टर, मोटर बोट, र्याफ्टिींग बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ ।
यस्तै सुर्खेतमा रहेको नेपाली सेनाको हेली मार्फत बाँकेका डुवानग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया, फत्तेहपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानहरुबाट करिव २०० भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको काफ्लेले जानकारी दिए ।

झापाको मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बाग्मती क्षेत्र, रौतहटको बाग्मती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ्टिङ्ग बोट लगायतका साधनहरु प्रयोग गरी उद्दार कार्य भैरहेको पनि उनले बताए ।

तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिहरुबाट आवश्यक खाद्यान्नहरु चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल,नुन, तेल स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको बताइएको छ ।

नेपाल खाद्य संस्थानका विभिन्न डिपोहरुबाट प्रभावित परिवारहरुलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ भने नेपाली सेनाको सबै हेलीहरु स्ट्यान्डबाई राखिएको छ । तर, मौसमको प्रतिकुलताले प्रभावित क्षेत्रमा हेली उडान हुन नसकेको मन्त्रालयको भनाई छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्ग लगायत सडक पुलहरु सूचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको जनाएको छ । औषधी सहितको स्वस्थ्यकर्मीहरुको टोलीहरु प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ र सोहि अनुसार स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले मातहतका नियलाई निर्देशन दिइसकेको बताएको छ ।

देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

यसैबीच सरकारले लक्ष्मणपुर बाँध र कोसी व्यारेजका थप ढोकाहरु खुलाउन भारतसँग अनुरोध गरेको छ । शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota