shivam
Nerolac and Nepal life

सम–सामयिक

निवेदन बोकेर र राप्रपाको संस्थापन र विद्रोही दुबै आयोग पुगे


काठमाडौँ, २९ साउन राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले निर्वाचन आयोगमा सांसद तथा केन्द्रीय सदस्यको दस्ताखत सनाखतका लागि १० दिनको समय थप गर्न माग गरेको छ । kamal pashupati

पार्टीका अध्यक्ष पशुपतिशंशेर राणाले उक्त व्यवस्थाका लागि माग गर्दै निवेदन दिएको आयोगले जनाएको छ । राणा समूहले गत साउन २२ गते पार्टी विभाजनका लागि सांसद तथा केन्द्रीय सदस्य रहेको दाबी गर्दै आयोगमा हस्ताक्षर बुझाएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजनको घोषणा गरेको उक्त पार्टीले ४० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको पुष्टी गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही नियमअनुसार आयोगले राप्रपा प्रजातान्त्रिकका नेतालाई हस्ताक्षर सनाखत गर्न आजको म्याद दिएको थियो ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापनले पनि आयोगको समयसीमाभित्र राणा समूहले हस्ताक्षर सनाखत गर्न नसकेका कारण पार्टी विभाजन प्रक्रिया अगाडि नबढाउन निवेदन दर्ता गराएको छ ।

पार्टीका महामन्त्री राजेन्द्र लिङदेनको नेतृत्वमा आयोगमा गएको प्रतिनिधिमण्डलले सो निवेदन दर्ता गराएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । आइतवार, श्रावण २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota