Ruslan
Tata /sipradi
Sarbottam Cement

सम–सामयिक

‘किशुनजीले आँखा झिम्काएकी चेली अन्माउन तयार छौं’

काठमाडौं २५ पुस – ‘विसं २०४८ सालमा कुमार प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आँखा झिम्काउनु भएको थियो, चेली अन्माउन तयार भएका छौ’ सोमवार व्यबस्थापिका संसदको विशेष समयमा सिन्धुपाल्चोकवाट प्रतिनिधित्व गर्ने नेकपा एमाले सांसद शेरबहादुर तामाङले भने ।

                                                                तस्वीर: gettyimage

सांसद तामाङले बिम्वको रुपमा भनेकी ती चेली थिइन, ‘मेलम्ची’ । काठमाडौंका लागि बहुप्रतिक्षीत मेलाम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको सन्दर्भमा मेलम्ची आयोजनाको मुहान क्षेत्रका सांसद तामाङले मेलम्ची आयोजना हस्तान्त्ररण गर्न आफूहरु आतुर रहेको बताए । ‘कुमार प्रधानमन्त्री किशुनजीले आँखा झिम्काएकी चेली अन्माउन हामी तयार छौ’ उनले संसदमा भने ।

मेलम्ची आयोजनाको सुरुङ खन्ने काम तीव्रगतिमा भइरहेकोेले काठमाडौंका जनतालाई मेलम्चीको पानी आउछ कि आउदैन भन्नेमा प्रश्न नरहेको बेवल कहिले आउछ भन्ने मात्र चासोको बिषय रहेको बताए ।

                 सांसद तामाङ


सांसद तामाङले मेलम्चीको पानी ल्याए वापत स्थानियको विकासका लागि आवस्यक रोयल्टी र थप एकीकृत विकास कार्यक्रम ल्याउन माग गरे । ‘हाम्रो पानीले घट्ट र मिल चलाएको थियो, मकै र काउली फलाएको थियो’ उनले थपे त्यस वापत त्यहाका जनताको एकीकृत विकासका लागि थप कार्यक्रम बन्नु पर्छ ।’


सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement