Nic Asia
Sarbottam Cement

सम–सामयिक

सहकारीमैत्री ऐनको खाँचो



ललितपुर, २५ पुस - सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारीमैत्री ऐन आउने बताउनुभएको छ ।

जिल्ला सहकारी सङ्घ ललितपुरको २५ औंँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सहकारीको सिद्धान्त, मूल्य र मान्यताअनुरुप सञ्चालन भइरहेको संस्थाको हितमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष तथा सांसद केशवप्रसाद बडालले सहकारीको माध्यमले आर्थिक विकास भएको बताउँदै मुलुकको अर्थतन्त्रमा सहकारीको एउटा मजबुत हिस्सा रहेको जिकिर गर्नुभयो । जिल्ला सहकारी सङ्घका अध्यक्ष माधव दुलालले सहकारीमैत्री ऐनले मात्र संस्था सञ्चालन प्रभावकारी ढङ्गले हुने बताउनुभयो । हाल जिल्लामा एक हजार एक सय ५४ सहकारी संस्था क्रियाशील छन् । रासस सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell