ambe

सम–सामयिक

धुर्मुस सुन्तलीले थाले मुसहर बस्तीको निर्माण, कहिले हुन्छ तयार ?


काठमाडौं, २५ पुस – हास्यकलाकार धुर्मुस सुन्तलीले बनाउन लागेको तेस्रो नमुना बस्तीको सोमबार शिलान्यास गरिएको छ । नमुना बस्तीको शिलान्यास महजोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र अभियन्ता राम आशिष यादवद्वारा भएको थियो ।dhurmus suntali
धुर्मुस सुन्तली फाउण्डेसनले आफ्नो तेस्रो कार्यक्रम अन्तर्गत महोत्तरी, बर्दिबास–२ को मुसहर बस्तीमा नमुना बस्ती निर्माण गर्न लागेको हो  ।
बस्ती शिलान्यास गर्दै धुर्मस सुन्तलीले आफूहरुले समाजप्रतिको जिम्मेवारी निभाएको बताए । उनीहरुले बस्ती निर्माणमा सबैको उत्तिकै भूमिका रहेकाले हातेमालोका लागि आग्रह समेत गरेका छन् ।
नयाँ वर्षमा बस्ती हस्तान्तरण गर्ने गरी काम थालेको फाउण्डेसनले दोस्रो एकीकृत नमुना बस्ती निर्माण गर्दा बचेको एक करोडमा बाँकी सहयोग जुटाएर करिब ४ करोड ७८ लाखमा बस्ती निर्माण गर्ने योजना रहेको धुर्मुसले जानकारी दिएका छन् ।
साथै बस्ती निर्माणका लागि मह जोडीले एक लाख सहयोग गर्ने बताए । बस्ती निर्माणका लागि पूर्वमन्त्री तथा सांसद गिरिराजमणी पोखरेल समेत १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । बस्ती निर्माणका लागि कतारमा बसोबास गर्ने प्रकाश कोइरालाले पनि रु. ४० लाख सहयोग गरिसकेका छन् ।
यसअघि धुमुस सुन्तली फाउन्डेसनले काभ्रे र सिन्धुपाल्चोकमा नमुना बस्ती निर्माण गरेको थियो  ।  सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam