Nerolac and Nepal life

सम–सामयिक

भिरबाट लडेर दुईको मृत्यु

 

सल्यान, २६ पुस - भिरबाट लडेर गए राति दुई मजदुरको मृत्यु भएको छ ।
वामे – ३ बाहुनघाटमा झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरको राति करिब ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली–६ थापाचौरका ४५ वर्षीय भरथरी चौधरी र ४४ वर्षीय लामारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जाजरकोट छेडाबजारबाट पुलको सामान लिई फर्कने क्रममा उनीहरु वामे गाविसको करासी भिरबाट राति १० वजेतिर खसेका थिए । शव परीक्षणका लागि सुर्खेत जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस

मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell