Nic Asia

सम–सामयिक

गोरु जुधाई प्रतियोगिता हेर्न जाने होइन नुवाकोटको तारुका ?

goru_1काठमाडौ , २६ पुस– नुवाकोटको तारुकामा हरेक वर्ष माघ १ गतेका दिन हुँदै आएको गोरु जुधाई प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ । राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गोरु जुधाई मेला व्यवस्थापन समितिका अध्यक्ष दिपेश शाक्यले यसवर्ष तारुकामा १८ हल गोरु जुधाइने बताए । कार्यक्रम माघ १ गते बिहान साँढे १० बजेबाट सुरु हुनेछ । गोरुमेला आयोजना स्थल नुवाकोटको तारुका चन्दनीस्थीत कटहरबोट पुग्न काठमाण्डौको कलंकीबाट २ घण्टाको मोटरबाटोमा पुगिन्छ । यस्तै नुवाकोटको बेत्रावतीमा पनि गोरु जुधाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
 
मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti