Nic Asia
Sarbottam Cement

सम–सामयिक

ज्ञानेन्द्रले फेरि मुख खोले : नेपाल बच्ने हो कि होइन भन्ने चिन्ता भयो

gyanendraकाठमाडौं, २६ पुस — पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तिको पूर्व सन्ध्यामा वक्तव्य निकाल्दै देशको क्षेत्रीय अखण्डतामा प्रहार भएको बताएका छन् ।

उनले पृथ्वी नारायाण शाहको नेतृत्व कौशलता र दूरदर्शीताकै कारण नेपालको राष्ट्रियता प्राप्त भएको बताउँदै अहिले राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा परेको उल्लेख गरेका छन् ।

उनले चार वर्ण र ३६ जातको फूलबारी रहेको नेपालमा जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय खण्डतामाथि प्रहार गर्ने कामहरू भइरहेको बताएका छन् ।

साथै उनले जो जसले विषारोपण गरेको भएतापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेको बताएका छन् ।

यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको उनले जारी गरेको शुभकामना शन्देशमा उल्लेख छ ।

साथै उनले नेपाली जनताको इच्छानै राज इच्छा हुने भएकोले आफूहरू तत्कालिन परिस्थितिलाई समेत दृष्टिगत गरेर आफूहरू नारायणहिटी राजदवारबाट बाहिरिएको बताएका छन् ।

तर जनता र देश प्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस शाही परिवारले कहिल्यैपनि नगरेको उनले लेखेका छन् । दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक अवस्थामा समेत पुगिएको चिन्ता उनले प्रकटगरेका छन् ।

उनले देश कसैको क्रिडास्थलबन्न नसक्ने समेत उनले उल्लेख गरेका छन् । मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell