Nic Asia
Sarbottam Cement

सम–सामयिक

औषधि खरिद गर्न पत्रचार



काठमाडौँ, २६ पुस - स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा पर्याप्त औषधि मौज्दात रहेको दाबी गर्दै आए पनि आन्तरिकरुपमा भने औषधि अभाव भएकाले खरिदका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्र पठाएको छ । medicine

निःशुल्क अत्यावश्यक औषधि अभावमा जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीमा बिरामीको उपचार हुन नसकेको समाचार बाहिर आउँदा पनि अभाव नभएको दाबी गर्ने मन्त्रालयले ७५ जिल्लाका जनस्वास्थ्य कार्यालयले सोमबार पत्र पठाउँदै तत्काल रु पाँच लाख बराबरको औषधि सोझै किनेर वितरण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले गत पुस ४ गते चौथोपटक सार्वजनिक खरिद ऐनको नियामावली परिर्वतनलाई आधार मानेर जिल्लालाई पाँच लाखसम्मको अत्यावश्यक औषधि किन्नका लागि पत्रचार गरिएको हो ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले पठाएको पत्रमा जिल्लामा जनस्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लामा अत्यावश्यक औषधिको भण्डारण थोरै मात्रामा पाइएको हुँदा तत्काललाई अत्यावश्यक औषधि खरिद गर्न निर्देशन दिइएको छ ।

सार्वजनिक खरिद (चौथो सशोधन) नियमावली २०७३ को नियम ८४ (२) (१ क) बमोजिम अत्यावश्यक वस्तु खरिदका लागि पाँच लाखसम्म सोझै किन्न सकिने व्यवस्था गरिएको छ भने जिल्लाको हकमा ५० लाख सम्मको औषधि बोलपत्रमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ । मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell