Nerolac and Nepal life

सम–सामयिक

आज पृथ्वीजयन्ती, क्रिसमसमा बिदा दिने सरकारले पृथ्वीजयन्तीमा दिएन

काठमाडौं, २७ पुस– आज २ सय ९५ औं पृथ्वीजयन्ती । पृथ्वीजयन्तीको अवसरमा राप्रपाले भृकुटीमण्डपमा बृहत चियापानको आयोजना गरेको छ । चियापानमा सहभागि हुनका लागि राष्ट्रपतिदेखि, उपराष्ट्रपति, प्रधानमन्त्री, दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधिललगायतलाई निमन्त्रण गरिएको राप्रपाका नेता दिलनाथ गिरीले जानकारी दिए । prithbi-narayan
पृथ्वीजयन्तीको दिन सरकारी बिदा दिइनुपर्ने व्यापक माग उठेपनि सरकारले दिएन । तर, क्रिसमसको दिन भने सरकारले अन्तिम समयमा आएर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
क्रिसमसमा बिदा दिने तर ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मजयन्तीमा भने बिदा नदिएको भन्दै सामाजिक सञ्जालम विभिन्न थरीका टिप्पणी समेत भइरहेका छन् ।
पृथ्वीनारायण शाहकै नेतृत्वमा नेपाल एकीकरण भएर अहिलेको नेपाल रहेकाले दलहरुले उनको सम्मानमा कन्चुस्याई गर्न नहुने धेरैको तर्क छ ।
गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले जीवनकाल पूरै राष्ट्र निर्माणमा लगाएका थिए । उनले ५० भन्दा बढी राज्यमा विभाजित बाईसे–चौबिसे मुलुकलाई एकीकरण गरी सिंगो नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भएको घोषणा गरेका थिए । 
जनआन्दोलन  २०६२ /०६३ पछि  तत्कालिन सरकारले पृथ्वीजयन्तीका दिन दिइने बिदा कटौती गरेको थियो ।  बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell