Ruslan
Tata /sipradi
Nic Asia

सम–सामयिक

मेसिनमा चेपिएर भारतीय मजदुरको मृत्यु



बर्दिवास, २७ पुस - महोत्तरी जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा मङ्गलबार राति उखु झार्ने अनलोडर मेसिनमा चेपिएर एकजना मजदुरको मृत्यु भएको छ । dead

मङ्गलबार राति करिब ९ बजेको समयमा उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारी नामका मजदुरको मृत्यु भएको हो ।

घटनाको इलाका प्रहरी कार्यालय गौशालाले पुष्टि गरेको छ । मजदुर तिवारीको चेपिएर क्षतविक्षत् भएको शव घटनास्थलको प्रकृति मुचुल्का उठाएर शवपरीक्षणका लागि जलेश्वर अस्पताल लगिएको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।
बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam