ambe

सम–सामयिक

राष्ट्रिय बिदाको पुनरवलोकन गर्ने सरकारको तयारी

काठमाडौं, २७ पुस — सरकारले राष्ट्रिय बिदाको पुनरवलोकन तयारी शुरु गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले राष्ट्रिय बिदाको पुनरवलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।


कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिको अनुमति दिने निर्णय पनि गरेको छ । नियुक्त गरिएका कर्मचारीहरूको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले बताए । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam