Nic Asia
Sarbottam Cement

सम–सामयिक

अवतरण गर्ने क्रममा गोमा एयरको टायर पञ्चर

मुगु, २७ पुस– अवतण गर्ने क्रममा गोमा एयरको टायर पञ्चर भएको छ ।

मुगुको ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा गोमा एयरको विमानको पछाडिपट्टीको टायर पञ्चर भएको थियो ।

बाँकेको नेपालगञ्ज विमानस्थलबाट १५ यात्रुसहित आएको गोमा एयरको ट्वीनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्दै गर्दा टायर पन्चर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

यसैबीच, गोमा एयरले भने टायर पङ्चर नभइ धावन मार्गमा टायर रगडिएको मात्र भएको दावी गरेको छ । ‘ल्याण्ड गर्दा टायर रगडिएकोले फेरिएको मात्र हो’ गोमा एयरका प्रशासन प्रमुख रञ्जन भट्टराईले भने, ‘टायरबाट हावा पनि निस्केको छैन् ।’ बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell